back
NMB ad

हाम्रोलाई हैन राम्रोलाई रोजौं, स्थानीय सरकार इमान्दार खोजौं !

Kumari bank ad

राष्ट्र आज नेपाली जनताको अथक सङघर्ष र बलिदान पश्चात युगान्तकारी परिवर्तनलाई आत्मसात गर्दै संघिय गणतान्त्रिक राज्यमा संस्थागत भएको छ । सयौं बर्ष देखिको अबैज्ञानिक राज्य संरचनालाइ ध्वस्त गर्दै सिङ्गो मुलुक स्थानीय निर्वाचनमा होमिएको बेला प्रवासमा रहेर पनि चुनावी माहोलमा केही कुरा राख्न मन लाग्यो । बास्तबमा बिदेशी भुमिमा रहेपनि हरेक पटक फेर्ने स्वास र धढकने मुटुमा अफ्नै देशको माया रहन्छ र यादले बेचैन बनाउँछ तर बिवसतामा बाध्य भएर मान्छे बिदेशमा रहन्छ । प्रत्येक स्वाभिमानी नेपाली आफू जहाँ रहे पनि आफ्नो मातृभुमी र रास्ट्रभक्तिको भाबनालार्इ बिर्सदैन र बिर्सनु पनि हुन्न ।

प्रसङ्ग स्थानीय निर्वाचन २०७४ बैशाख ३१ र उम्मेदवारहरुको सन्दर्भ हो । नेपाली जनताले जहानिया राणा शासनदेखि निरंकुश राजतन्त्रसम्म पटक पटक विभिन्न शैलिमा आन्दोलन गर्नुपर्यो । भनिन्छ शासन ब्यबस्था प्रणाली आफैँमा नराम्रो हुँदैन तर त्यसलाई नेतृत्व गर्ने मियो र शासकहरुको कार्यशैलिमा भर पर्द्छ । यसै तथ्यलाई मध्येनजर गर्दै हामीले हाम्रो स्थानीय सरकारको बागडोर सम्हाल्ने महानायक जनप्रतिनिधिहरुको अत्यन्तै बिबेक प्रयोग गरी छान्न सक्नु पर्द्छ, ताकि यिनिहरु भोलिका खलनायक पात्र नबनुन । हामीहरु आज न्यायाधीशको भुमिका निर्वाह गरिरहेका छौँ । कस्लाइ न्यायोचित फैसला दिने भन्ने बारेमा हाम्रा सामु विभिन्न पार्टीका थुप्रै उम्मेदवारहरु वकालत गर्न आइराखेका छ्न ।

सर्बप्रथम हामीले नयाँ स्थानीय संरचनालार्इ हाँक्न सक्ने नवीनतम सोच र शैली भएका सारथिहरुलार्इ छ्नौट गर्नसक्नु पर्दछ । हामी आबेग र लहिलहिमा नलागी बिबेकशिल पात्र छनौट गर्न सक्नु पर्दछ । त्यसको लागि ती उम्मेदवारहरुको बिगतको पृष्ठभुमि, रास्ट्र र समाज प्रति गरेको त्याग शैक्षिक योग्यता दुरदर्शिता अनुभव जबाफदेहि र जनताप्रति उत्तरदायी हुनसक्ने सामर्थ्यता  भएको हुनुपर्दछ ।

तिनीहरुको राज्यसंचालन सम्बन्धी महत्त्वपूर्ण अनुभव हुन जरुर छ । पुरानो चिन्तन र कार्यशैलिलार्इ परिवर्तन नगरी अगाडी बढने जो कोहि जनप्रतिनिधिहरुले समाजको परिवर्तन गर्न सक्दैनन् । अन्यथा पुरानो बोतलमा नयाँ रक्सी शिवाय केही हुनसक्दैन । जस्को बिगतको छवि धमिलो छ र उस्ले आफ्नो राजनीति पार्टीहरुलार्इ प्रभावित पारी उम्मेदवार बनेका छन तिनिहरुबाट समाज निर्माणको परिकल्पना समेत गर्न सकिदैन । हामीले त्यस्ता ब्यक्तीहरुलार्इ बेलैमा पहिचान गरी अस्वीकार गर्न सक्नु पर्द्छ ।

राज्यले लामो समयसम्म जनप्रतिनिधि बिहिन अवस्थामा स्थानीय निकाय संग कार्यसन्चालन गर्न बाध्य भयो । बिकासका योजनाहरु अव्यवस्थित ढंगले अगाडि बढे भने जनताप्रति उत्तरदायी शैली करिव समाप्त नै हुन पुग्यो । घुसखोरी नातावाद कृपावाद र भ्रष्टाचारले प्रायजसो स्थानीयनिकाय मौलायो । अनि जनताका काम ठप्प हुनगए । रातारात आफ्नो हैसियत भन्दा माथी धन आर्जन गर्ने प्रतिस्पर्धा बढदै गयो । यसकारण म नेपाली नागरिकको हैसियतले सम्पुर्ण आदरणीय मतदातहरुलार्इ के आग्रह गर्न चाहन्छु भने हामीले पुरानो गल्ती नदोहोर्याउँ, र जनताप्रति जिम्मेवार कर्तब्यनिष्ठ जनप्रतिनिधिको चयन गरौ । जस्ले जनताको पिर मर्कालार्इ आफ्नो पीर मर्का सम्झेर हरेक पल जनताप्रति उत्तरदायी हुन्छ अनि महिला हक, सामाजिक सुरक्षा, अपांग वा फरक क्षमता भएका ब्यक्तीहरुको अधिकार सुनिश्चितता गर्न तर्फ अगाडी बढदछ । स्वच्छ शुशासन भ्रष्टाचार रहित समाजको ग्यारेन्टी गर्न सक्ने हुनुपर्दछ ।

अन्यथा हाम्रो अमुल्य मत खेर गई नालायक पात्रहरुले हामी प्रती शासन गर्ने छन । कसैको करकापमा नलागी भावनामा नबगी सक्षम र योग्य उम्मेदवार छान्नुपर्ने आजको आवश्यकता हो । नत्र भने वर्षाको बेला भाँडो नथाप्ने वर्षा रहेपछि भरी भाँडो खोज्ने प्रवृत्ति हुनेछ ।
१६ बैशाख २०७४

वि.सं.२०७४ वैशाख १६ शनिवार ११:३४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...