back
NMB ad

कामिनी राजभण्डारी, नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पहिलो पटक आइन् महिला

Kumari bank ad

काठमाण्डौं। सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषदको हिजो बिहीबार बसेको बैठकले टेलिकममै नायब प्रबन्ध निर्देशक उनलाई सो पदमा नियुक्त गरेको हो।

सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि आवेदन गरेको थियो। प्रवन्ध निर्देशक छनौटका लागि गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम छनौंट भएको थियो। कामिनीका अन्तिम प्रतिश्पर्धीमा मदन खरेल र सुनिल कुमारी पोखरेल थिए।

नेपाल टेलिकममा तीस बर्षको अनुभव रहेकी कामिनीले भारतको पञ्जाव इन्जिनियरिङ युनिभर्सिटीबाट टेलिकम्युनिकेसनमा बिई गरेकी छिन्। त्यस्तै उनले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीवाट एमबिए पनि गरेकी छिन्।

तीन महिना अगाडी उनले नेपाल इन्जिनियर्स एसोसियसनबाट “आउटस्ट्यान्डिङ वुमन इन्जिनियर्स अवार्ड” पाएकी थिइन्। ५४ औँ इन्जिनियर्स डे का दिन साउन तीन गते तात्कालिन प्रधानमन्त्री केपी ओलीले उनलाई सम्मान गरेका थिए।

सरकारले गत असार २५ मा प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख माग गरेको थियो। त्यसमा नेपाल टेलिकम भित्रवाट नौ जना र बहिरवाट चार जनाले आवेदन दिएका थिए।

७ असोज २०७३, ९।००

वि.सं.२०७३ असोज ७ शुक्रवार ०९:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...