काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सर्बसाधारणमा जारी गर्नका लागि स्वीकृति पाइसकेको कञ्चन डेभलपमेण्ट बैंकले फेरि ३० प्रतिशत हकप्रदको प्रस्ताव ल्याएर साधारणसभा बोलाएको छ ।
अब यस बैंकका सेयर लगानीकर्ताले कञ्चन डेभलपमेण्ट बैंकमा ५० प्रतिशत हकप्रद पछि फेरि ३० प्रतिशत हकप्रद भर्नु पर्ने भएको छ । यसका साथै, बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रदका लागि एकै दिन सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।
यसका लागि बैंकले मंसिर ३० देखि पुस ९ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्दैछ । अहिले चुक्ता पूँजी १९ करोड ८० लाख रुपैंया रहेको बैंकले बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात बन्ने चुक्ता पूँजी ३४ करोड ६५ लाखको फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ ।
१४ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर १४ मंगलवार ११:५२ मा प्रकाशित