काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।
बैंकको आगामी असार ४ गते विशेष साधारणसभा बस्दैछ । बैंकको उक्त साधारणसभाले हकप्रद पारित गर्नेछ ।
कम्पनीको निर्णय सभाले पारित गरेपछि सेयरधनीले सेयर किनबेच गर्न पाउने छन् । हाल बजारमा बैंकको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशितः २०७३ जेठ १६
वि.सं.२०७३ जेठ १६ आइतवार १६:३० मा प्रकाशित