back
NMB ad

माछा चोरी हुनबाट जोगाउन बगरमै डेरा !

Kumari bank ad

कञ्चनपुर । माछा चोरी हुनबाट जोगाउन कञ्चनपुरका देखतभूली र सङ्करपुरका राना थारु समुदायका व्यक्ति चार महिनासम्म दोदा नदीको बगरमा डेरा जमाएर बस्छन ।

नदीमा माछा फसाउन राखिएका धिमरी र त्यसमा फसिएका माछा चोरी हुनबाट जोगाउन उनीहरु बगरमा बास बस्दै आएका हुन् । मङ्सिर महिनाको सुरुआतदेखि फागुनको अन्त्यसम्म माछा मार्नका लागि उनीहरु नदीमा धिमरी राख्ने गर्छन् ।

नदीको वारपार गरी माछा फसाउन राखिएका धिमरी बाँसबाट निर्माण गरिन्छन् । माछाभित्र छिर्न सक्ने र बाहिर निष्कन नसक्ने गरी बाकस आकारमा बाँसले बुनेर धिमरी बनाइने गरिन्छ ।

एक ठाउँमा दशदेखि पन्ध्र परिवारले माछा फसाउन नदीको बीचबीचमा लस्करै धिमरी राख्ने गरेका छन् । दोदा नदीको बीसभन्दा बढी ठाउमा यस वर्ष धिमरी राखिएको रामचरन रानाले बताए । दिउँसो माछा र धिमरीको हेरचाह गर्न जाने गरेपनि रातिका बेला नदी किनारामा बनाइएका अस्थायी कटेरामा पालैपालो बस्दै आएको बन्धो रानाले बताए ।

यस वर्ष नदीमा पानीको बहाव बढी हुँदा माछा पनि बढी फस्ने गरेकाले एक पटकमा प्रतिपरिवार बीस किलो भन्दा बढी माछा भागमा पर्ने गरेको उनले बताए

४ मङ्सिर २०७३

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:३७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...