back
NMB ad

बैंकको सेयर छ ? खुल्यो २१४% हकपद्र कहाँ–कहाँबाट आवेदन दिने ? जान्नुहोस्

Kumari bank ad

काठमाडौ । झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले हाल कायम चुक्ता पूँजीको २१४ प्रतिशत हकप्रद बिक्री सुरु गरेको छ । बैंकले एक बराबर दुई दशमलव १४ कित्ताका दरले ३२ करोड १० लाख रुपैयाँको ३२ लाख १० हजार कित्ता हकप्रद सोमबारदेखि निष्काशन गरेको हो ।

तीन जिल्ले बैंक कन्काईले हकप्रद बिक्री गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रदमा सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल तथा कन्काई विकास बैंक र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिन्छ ।

बैंकले हकप्रद निष्काशनका लागि गत असार १९ गते सेयरधनी पुस्तिका बन्द गरेको थियो । असार १८ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउने छन् । बैंकको हकप्रदमा भदौ ११ गतेसम्ममा आवेदन दिईसक्नुपर्नेछ ।

हाल १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कन्काईको हकप्रद बिक्रीपछि पूँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ । बाँकी रहेको दुई करोड ९० लाख रुपैंया बराबरको बोनस बितरण गरी कन्काइले चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउने योजना रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन ९

वि.सं.२०७४ साउन ९ सोमवार १०:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...