काठमाण्डौं । एसएलसी र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर आज बिहीबारदेखि राजधानीमा तेस्रो कान्तिपुर-हिसान एडुफेयर सुरु भएको छ ।
“उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराका साथ नेपालमा सञ्चालित शिक्षण संस्थाहरुको मात्र सहभागिता रहेको शैक्षिक मेलामा करिब सय कलेजको बारेमा बुझ्न सकिने आयोजकले जनाएका छन् ।
उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा भृकुटीमण्डप, प्रर्दशनीहलमा जारी मेला ९ गतेसम्म चल्नेछ ।
७ जेठ २०७३, १.००
वि.सं.२०७३ जेठ ७ शुक्रवार १४:२८ मा प्रकाशित