back
NMB ad

नौ कक्षामा पढ्दै नायिका करिश्मा मानन्धर

Kumari bank ad

काठमाडौ । पढ्ने इच्छा र चाहनालाई उमेरले छेक्दैन भन्ने कुराको एउटा सशक्त उदाहरण बनेकी छिन् नायिका करिश्मा मानन्धर । धेरैलाई अचम्म लाग्न सक्छ तर लामो समयदेखि फिल्मी क्षेत्रमा काम गरिसकेकी ४३ बर्षीया करिश्मा मानन्धर हाल कक्षा नौ मा अध्ययन गरिरहेकी छिन् ।

कक्षा आठ पास गरेपछि १४ वर्षको उमेरदेखि नै फिल्म क्षेत्रमा अभिनय सुरु गरेकी करिश्मा अहिले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी छिन् । उनले नयाँ शक्ति नेपालको समारोहमा यो कुरा बताएकी हुन् ।

हाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आवद्ध करिश्माले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भनिन्, ‘म पुनः नियमित अध्ययनमा लागेकी छु । नियमित कक्षामा जान त सक्दिन तर अध्ययन भने त्रिवेणीमा गर्न थालेकी छु । तर सिनेमामा त मैले पिएचडी नै पास गरेको छु जस्तो लाग्छ । ’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले आर्यघाटमा नपुग्दासम्म सिक्ने र पढ्ने कुरा जारी रहने भन्दै करिश्मा मानन्धरले स्कुल भर्ना हुनु कुनै नौलो कुरा नभएको बताए । करिश्माकी छोरी कविता अहिले अमेरिकाबाट ग्राजुएट गर्दैछिन् ।

प्रकाशित मितिः२०७४ भदौ २०

वि.सं.२०७४ भदौ २० मंगलवार १६:३१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...