back
NMB ad

अब विदेशमा कमाएको पैसा सञ्चय कोषमा जम्मा हुने !

Kumari bank ad

काठमाण्डौं । नेपालीहरुले विदेशी भूमिमा गएर दिनरात पसिना बगाई कमाएको पैसा उनीहरुको घर खर्च र अन्य काममा मात्र खर्च हुन्छ तर जब उनीहरु विदेशबाट फर्किन्छन् तब रित्तो हात हुनुपर्ने अवस्था आउँछ । यो अवस्थालाई मध्यनजर राख्दै अब उनीहरुको पैसा सञ्चय कोषमा सञ्चित व्यवस्था हुने भएकोछ ।

सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले विदेशमा कमाएको पैसा बचत गराउने तयारी सुरु गरेका छ । जसका लागि संसदमा कर्मचारी संचय कोष ऐन-२०१९ को संशोधन विधेयक दर्ता भइसकेको छ र, कोषले विदेशमा रहेका कामदारले कामएको निश्चित रकम कोषमा जम्मा गर्ने गरी अध्ययन अघि बढाएको छ ।

यसका लागि पहिलो चरणमा कोरिया गएका कामदारको रकम कोष अन्तरगत जम्मा गर्नेबारे छलफल अघि बढेको छ । संशोधन विधेयक पास भए लगत्तै विदेश जाने कामदारको रकम पनि जम्मा गर्न बाटो खोल्ने भएकाले त्यसको सुरुवात गरिहाल्न कोरियालाई रोजिएको कोषले बताएको छ ।

यसका लागि कोरियाको नेशनल पेन्सन काउन्सिल (एनपीसी)सँग समन्वय गर्ने तयारी छ, जसले कोरियामा कामदारको सामाजिक सुरक्षा हेर्छ । यसका लागि अध्ययन सुरु गरिएको छ ।

३० जेठ २०७३, ४।००

वि.सं.२०७३ जेठ ३० आइतवार १६:४३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...