back
NMB ad

नाटक गरेरै ट्रेकिङको सुरुवात गरें : कर्ण लामा

Kumari bank ad

ट्रेकिङ मजदुर हुँदै व्यवसायी

२०४४ सालदेखि ट्रेकिङ गाईड बनेर पर्यटनमा लागेका कर्णबहादुर लामाको जन्म २०२७ सालमा काभ्रे जिल्लाको बोल्देफेदिचे गाविस तिमाल क्षेत्रमा भएको हो । खेती किसानी सँगै कक्षा आठसम्मको पढाई सकेपछि उनले काठमाडौको शान्ति बिद्या गृह लैनचौरबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । सरस्वती क्याम्पसबाट आइ काम गरेका लामा कक्षा ६ पढ्दादेखि नै बामपन्थी बिद्यार्थी राजनीतिमा सक्रिय थिए । गाँउका सबै समान हुनुपर्छ, धनी गरिब कोहि पनि हुनुहुन्न भन्दै समानताको लडाई लड्नुपर्छ भनेर उनी बिद्यार्थी राजनीतिमा सक्रिय थिए । २०४६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी ट्रेकिङ मजदुर संघ, जिल्लाको राजनीतिमा बढि सक्रिय हुने गरेका थिए । लामा २०४९ सालमा जिल्ला स्तरीय राजनीति गर्दै हिंड्दथे ।

प्रधानपञ्चको बामपन्थी किताबले…

लामाको हजुरबुबा २०१७ सालमा प्रधानपञ्च थिए । त्यो पालामा उनको हजुरबुबाले पढ्ने गरेका बामपन्थी बिद्धानहरु माओत्सेतुङ, लेलिनका पुस्तकहरु पढेर नै उनी कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । तत्कालिन महेन्द्रको पालामा भारतसँग भन्दा चिनसँग बढि नजिक भएर भारतलाई काउन्टर दिन बामपन्थी जन्माउन महेन्द्रले नै बामपन्थी विचारधाराका पुस्तक प्रधानपञ्चलाईपढ्न लगाउने गरेको उनको ठम्याई थियो ।
भूमिगत भएका मानिसहरुले समेत पढ्न नपाउने ती पुस्तकहरु पढ्न पाउने हुँदा उनका साथीहरु नै लामाको बौद्धिकता देखेर छक्क पर्दथे । र सबैले यो विचार ठिक हो भनेर लामालाई प्रोत्साहित गर्ने गर्दथे । त्यो सँगै कम्युनिष्ट बिचारधारा ठिक लागेर उनी राजनीतिमा सक्रिय बने । गाउँमा धेरै जमिन भएका कारण बाल्यकालमै लामाले खेती किसानीमा धेरै दुःख गर्नु पर्दथ्यो । बाल्यकालमा बाख्रा चराउने लगायतका काम पनि उनको दैनिकिभित्र पर्दथ्यो । अहिले भने गाउँमा पर्म नगरे आफ्नो खेती नै नचल्ने कारण उनी काँधमा हलो जुवा बोकेको खेतबारी जोत्ने काममा पनि जाने गरेका छन् । साथै खेतीपातीको कामलाई पिकनिक मनाएजस्तो गरि सिध्याउने गरेका उनी बताउँछन् । उनी भन्छन्, ʽश्रम गरेपछि गाउँमा केहि उब्जाउ हुन्छ, आफुले श्रम गरेपछि अरुपनि संलग्न हुन्छन् । आफ्नै परिश्रमको प्रतिफल पनि मिठो हुन्छ ।ʼ

२ रुपैंयामा १ रुपैंया जोगाउँदा

विषयगत शिक्षकको अभावमा छोराको पढाई नराम्रो होला भन्ने भावना बुझेर लामालाई उनका बुबाले २०४३ सालमा पढ्नका लागि काठमाडौ पठाए । त्यो समयमा बुबाले दिएको दैनिक २ रुपैंयामध्ये १ रुपैंया जोगाएर उनी साथीहरुबीच रमाईलो गर्ने र शैक्षिक सामाग्री किन्नमा खर्च गर्दथे ।

भविष्यमा पदयात्रा गन्तव्य घुम्छु भनेरै पर्यटनमा

गाउँठाउँका मानिसहरु पहिलेदेखि नै पर्यटनमा संलग्न भएको उनी आफु जान्ने भएदेखि नै थाहा थियो । गाउँका मानिसहरु नाईके (भरियाको व्यवस्थापन गर्ने व्यक्ति), भरिया, कुकसम्म पनि थिए । ४ वर्षको कलिलो उमेरमा नै विभिन्न पदयात्रा स्थलका गन्तव्यहरुबारे उनी राम्रो जान्दथे । अन्नपूर्ण, नाम्चे, रोल्वालिङ लगायत स्थानमा भविष्यमा ती ठाउँमा पुग्छु भन्ने उनमा थियो । एसएलसीको परिक्षा दिएर बसेको बेला उनको चाहनालाई व्यवहारमा बदल्ने अवसर पनि मिल्यो ।

मैले नाटक गरेरै ट्रेकिङ सुरु गरें

उनको साथीको एकजना दाई ट्रेकिङमा काम गर्दथे । साथीको दाई २०४४ सालमा अन्नपूर्ण ट्रेकिङमा गाईड गरेर जानुपर्ने अफर गरे । कहिल्यै ट्रेकिङ नगएका उनलाई पहिलो चोटी नै पथप्रदर्शक (गाईड) को रुपमा ट्रेकिङ जान साह्रै कठिन थियो । कम्पनी संचालकले सोह्र वर्षका उनलाई २२ वर्षको भनेर ट्रेकिङमा जान र बिदेशीलाई सोही सूचना दिनु भन्ने आदेश बमोजिम २२ वर्षको भनेर ट्रेकिङमा गाईड गरे । उनले बाटोमा सिकाउँदै लगे । र २०४४ सालमा उनी गाईड बने । अन्नपूर्ण ट्रेकमा २५ दिनका लागि गएका उनले प्रत्येक रात भारी बोक्ने भरियासँग सोधेर अगाडिको गन्तव्यबारे सूचना संकलन गर्दथे । पर्यटकहरुलाई सोहि किसिमको सूचना प्रवाह गर्दथे । १६ वर्षको अल्लारे २२ वर्षको भनेर ३ चोटी ट्रेकिङको अनुभव भएको भन्दै उनले त्यो ट्रेकलाई सफलतापूर्वक संचालन गरे । उनले ट्रेकिङ सुरु गरेताका कि त पहिले चिठीमा आदानप्रदान भएर बिदेशीहरु बुक हुन्थे या बाटोमा हिडिरहेको स्थानबाट बिदेशीहरु कम्पनीमा छिरेर बुक हुन्थे । बुक भएपछि कम्पनीले ट्रेकिङ गाईड खोज्ने गर्दथे । भाषाको अज्ञानताका कारण धेरै गाईड बन्नुभन्दा भरिया बन्न चाहन्थे । र अलि अलि पढेलेखेको र पहाडमा हुर्केको हुँदा उनलाई गाईड गर्ने अवसर मिलेको थियो । तामाङ भएकाले उमेर खाएको जुंगा नआएको भनेर कम्पनीवालाले उनलाई ट्रेकिङ गाईड बनाएका थिए । सुरुको ट्रेकिङमा नाटकी पात्र बनेर पदयात्रा गएका उनलाई विस्तारै अनुभव हुँदै गयो । त्यसपछि अन्य गाईडले लैजान नमान्ने बिदेशीहरुलाई समेत लामाले सहजै घुमाउने गर्दथे ।

उनी भन्छन््, ʽ१६ वर्षे अल्लारेलाई २२ वर्ष र ३ चोटी गाईड गरेको छु भनेर बिदेशीलाई ढाँट्नु भनेर काम लगाउने दाईले सिकाउनुहुन्थ्यो । पहिले क्याम्पिङ ट्रेकिङ जाने गरेको थिए भन्नु भनेर सिकाउँथे । साँच्चै बिदेशीले पहिले नै जाँच गर्यो । कति वर्षको भयौ भनेर सोधे । मैले २२ वर्ष भए भनें । तामाङ, नेपाली र अंग्रेजी अलीअली बोल्छु, भने । उनीहरुले छनौट गरे । अन्नपूर्णका लागि पहिले डुम्रेबाट सुरुवात हुन्थ्यो । जानेक्रममा बिदेशीलाई बाटोघाटो पुल पुलेसो लगायत सूचना राम्रैसँग दिईन्थ्यो । आफुसँगै गएको पुरानो कामदार,भरिया सँग रातभर सोधेर सबै सूचना लिएर, लजका मानिसहरुलाई पनि सोध्ने गर्दथें । र बिदेशीलाई बर्णन गर्दथे. । त्यसपछि बिदेशीले पनि यो मानिस धेरै जान्ने रहेछ भनेर भन्ने गर्दथे । मैले नाटक गरेरै ट्रेकिङ सुरु गरें । अरुलाई सोधेर नै हिमाल चिनाएं । ʼ

बिदेशीको मन बुझौं

पर्यटन क्षेत्रमा पथप्रदर्शक भईसकेपछि विदेशीको प्रकृति र उनीहरुले घुम्न र जान्न चाहेको विषयलाई गहन अध्ययन गर्नेले नै बिदेशीलाई बढि खुसी र मनोरञ्जन दिनसक्ने उनको दाबी छ । उजी भन्छन्,ʽयहि कारण नै अरु गाईडले फर्काइदिएको बिदेशीलाई पनि मैले खुसी तुल्याएर स्वदेश फर्काएको छु ।ʼ

१९९४ देखि पर्यटन व्यवसायमा

ट्रेकिङमा लामो अनुभव बटुलेका लामाले ट्रेकिङ मजदुर संघमा लागेर सामुहिक काम गर्नुपर्छ भन्ने भावना बनाए । त्यसपछि सन् १९९४ मा ५ जना साथीहरु मिलेर फ्रेन्ड्स कोअपरेटिभ ट्रेक्स एण्ड एक्पिडिसन स्थापना गरे । कम्पनीको नाम सहकारी सँग मिल्यो भनेर उनले मुद्धासमेत खेप्नुपर्यो । कोअपरेटिभ हुँदा सरहकारी सँग मिल्यो भनेर काठमाडौ जिल्ला सहकारी संस्थाले ताकेता पनि गर्यो । धेरै वादविवादपछि २ वर्षको अन्तरालमा उनले साथीहरुको सल्लाहमा कोअपरेटिभ हटाएर फ्रेण्ड्स फोरम ट्रेकिङ कम्पनी बनाए । विस्तारै साझेदारहरु आ–आफ्नै प्रकृतिको संस्थातर्फ आकर्षित हुँदै गएपछि उनले भाईहरुसँग मिलेर फ्रेन्ड्स एड्भेन्चुअर टिम भनेर कम्पनी पनि संचालन गरे । पछि भाईहरुलार्य त्यो कम्पनी संचालनको जिम्मा दिए । विगत ११ वर्षदेखि भने लामा हिमालयन यतिल्याण्ड ट्रेक्स एण्ड एक्पिडिसिन संचालन गरेर बसेका छन् ।

पर्यटनमा कमाएको पनि छैन गुमाएको पनि छैन

उनी भन्छन्,ʽपर्यटनमा कमाएको पनि छैन गुमाएको पनि छैन । पर्यटन, जीवीकोपार्जनको साईड जब मात्र हो । जति अवसर आएपनि पर्यटनमा पूर्ण भएर हिंड्न सकिएन । राजनीतिक आस्था लिएर व्यवसाय नै बन्द गरेर राजनीतिकर्मी भएर पनि हिंडे । व्यवसाय दैनिकी चलाउन मात्रै हो । एकचोटी ट्रेकिङ जाँदा बीचमै राजनीतिक सम्मेलन परेर आफुसँगै गएको अर्काे एक साथीलाई बीच बाटोबाट ट्रेकिङ गाईड बनाएर अन्त्यमा कम्पनी फर्काउँदा आफैं गाईड बनेर पनि फर्केको छु ।ʼ

अहिले टानको महासचिव रहेका लामा भन्छन्, ʽपर्यटनको एक ठूलो संस्था टानको जिम्मेवारी लिएपछि हाम्रो भूमिका पनि ठूलै हुन्छ । व्यवसायीक क्षेत्रका समस्याको समाधान, गन्तव्यको पहिचान, प्रबद्र्धन र विकास गर्न हाम्रो भूमिका रहन्छ ।

प्रकाशित मिति  : २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार २३:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...