back
NMB ad

कास्कीमा १३ दलले मात्रै राष्ट्रिय मान्यता प्राप्त

Kumari bank ad

पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा राष्ट्रिय मान्यता प्राप्त दलका रुपमा १३ दलले मात्र भाग लिन पाउने भएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालयमा दर्ता भएका २३ मध्ये १० दलले स्वतन्त्र भएर निर्वाचनमा भाग लिनुभएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त १३ दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, नेकपा संयुक्त, तराई– मधेस लोकतान्त्रिक पार्टी, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी र अखण्ड नेपाल पार्टी छन् ।

त्यस्तै स्वतन्त्र भएर निर्वाचनमा भाग लिने दलमा राष्ट्रिय शिव सेना पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, विवेकशील नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, युनाइटेड ग्रीन अर्गनाईजेसन, नयां शक्ति पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी, देशभक्त समाज र नेकपा माले जनसमाजवादी छन् ।

निर्वाचन आयोगले छापेको ६ आकारका मतपत्रमध्ये कास्कीको मतपत्रमा ३६ लहरको हुने र राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले पाउने राष्ट्रिय चुनाव चिन्हबाहेक २३ वटा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह पुग्ने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ वैशाख ९ शनिवार १४:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...