back
NMB ad

काठमाडौं महानगरपालिकाले माग्यो ७० अधिकृत

Kumari bank ad

काठमाडौं  । काठमाडौं महानगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ७० कर्मचारी माग गरेको छ। महानगरपालिकाले आवश्यक अधिकृत कर्मचारीको विवरणका बारेमा विज्ञापन गरेको छ।

महानगरले माग गरेका ७० अधिकृतमध्ये ५६ जना अधिकृत प्रशासनतर्फका छन्। लेखा समूहबाट एक जना छन् भने राजस्व समूहबाट ३ जना छन्। त्यसबाहेक १० जना प्राविधिकतर्फका छन्। प्रशासनतर्फका ५६ अधिकृत मध्ये ३० जना खुल्ला प्रतिस्पर्धाका लागि छन् भने बाँकी समावेशी कोटाबाट छन्। समावेशी कोटामा महिला ८, आदिवासी जनजाति ७, मधेसी ६, दलित २, अपांग २ र पिछडिएको क्षेत्रबाट एक जना छन्।

लेखा समूहतर्फ लेखा अधिकृत एक जना छन् भने बाँकी २ जना राजस्वतर्फ छन्। प्राविधिकतर्फ ४ जना सिभिल इन्जिनियर, एक जना आर्किटेक, एक जना कम्प्युटर इन्जिनियर, २ जना कम्प्युटर प्रोग्राम अधिकृत, २ जना कम्प्युटर अधिकृत, एक जना स्टक्चरल इन्जिनियर र एक जना कम्प्युटर अधिकृत छन्। परीक्षामा सहभागी हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक गरेको तथा २१ वर्ष पूरा भई ३५ वर्ष उमेर हद तोकिएको छ। महिलाको हकमा भने ४० वर्ष उमेर हद तोकिएको छ भने प्राविधिक पदका लागि ४५ वर्ष सम्मको उमेर हद राखिएको छ।

दरखास्तका लागि एक हजार दस्तुर तोकिएको छ भने समावेशी कोटामा पनि भर्न चाहनेका लागि थप २ सयका दरले दस्तुर लाग्ने महानगरपालिका पद्पूर्ति समितिको सचिवालयले जनाएको छ। विज्ञापन अनुसार फारम भर्ने मिति असोज २६ सम्म तोकिएको छ। दोब्बर दस्तुरमा थप सात दिनसम्म इच्छुक व्यक्तिले फारम भर्न सक्नेछन्।

 

प्रकाशित मितिः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार २१:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...