back
NMB ad

आर्थिक समृद्धिका लागि गठबन्धन : नेता श्रेष्ठ

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा संविधान कार्यान्वयन गरी देशलाई आर्थिक समृद्धिमा लैजान वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धनद्वारा आज नागार्जुन नगरपालिका–७ मा आयोजित चुनावी कार्यक्रममा उहाँले सो गठबन्धनले बहुमत प्राप्त गरी सरकारको नेतृत्व गरेमा पाँच वर्षभित्र मुलुकमा औद्योगिक क्रान्ति गरेर जनतालाई आर्थिक पहुँचमा विस्तार गर्ने बताउनुभयो ।

नेता श्रेष्ठले देशमा सरकारको स्थायित्व कायम हुन नसक्दा ठूला परियोजना अलपत्र पर्ने र सुशासन कायम हुन नसक्ने उल्लेख गर्दै अब देश र जनताको प्रगतिका लागि यो गठबन्धनलाई अवसर दिन आग्रह गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले भीमढुंगादेखि धार्केसम्म सडक विस्तार गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने आफ्नो योजना रहेको जानकारी पनि गराउनुभयो ।

सोही क्षेत्रअन्तर्गत प्रदेश ९२०का उम्मेदवार केशवप्रसाद पोखरेलले विगतमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेर पनि देशमा राजनीतिक स्थिरता दिन नसकेकाले यसपटक जनताले वाम गठबन्धनलाई बहुमत दिनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय विकासका साथै पूर्वाधार निर्माणका लागि आफूसँग प्रस्ट दृष्टिकोण र योजना रहेको बताउँदै त्यसलाई कार्यान्वयन गरी देशलाई विकसित राष्ट्रका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)

प्रकाशित मिति : ११ मंसिर २०७४

वि.सं.२०७४ मंसिर ११ सोमवार १८:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...