back
NMB ad

खडेरीका कारण १७ जिल्लाका १९ लाख नागरिक प्रभावित,कतिपय एक छाक खाएर बस्न बाध्य

Kumari bank ad

कोलम्वो। श्रीलङ्कामा सन् २०१६ को अन्त्यपछि आवश्यक बर्षा नहुँदा चालीस बर्ष यताकै सबैभन्दा नराम्रो खडेरीको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत देखिएको छ ।सेप्टेम्बरको १९ गतेसम्मको तथ्याङ्क अनुसार खडेरीका कारण विभिन्न १७ जिल्लाका १९ लाख नागरिकमा प्रभाव देखिएको श्रीलङ्काको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत प्रत्यक्ष देखिन थालेको छ ।

खडेरीका कारण विगत १० बर्षमै सवैभन्दा कम धान उत्पादन हुने बताइएको छ । सन् २०१७ को खाद्यान्न उत्पादनले मात्रै सात महिनालाई पुग्ने राष्ट्रसंघका आवासीय संयोजकले बताए । खडेरीबाट खाद्यान्न उत्पादनमासमेत कमी आएपछि यहाँको करिब तीन लाख मानिस खाद्यान्नको अभाव झेल्न बाध्य हुने देखिएका साथै खाद्यान्न अभावका कारण कतिपय परिवारले एक छाक खाएर बस्ने गरेको राष्ट्रसंघले जनाएको छ ।

विश्व खाद्यान्न कार्यक्रमले प्रभावित क्षेत्रको करिब ५० प्रतिशत घरपरिवारमा लिएको तथ्याङ्क अनुसार सन् २०१६ को तुलनामा उनीहरूको ऋण झण्डै दोब्बर भएको बताइएको छ ।विगत केही हप्तामा कतिपय ठाउँमा खण्डबृष्टि हुनेगरेको भएपनि यसले तत्काल खाद्यान्न उत्पादनमा कुनै सुधार आउने सङ्केत नदेखिएको राष्ट्रसंघको अध्ययन प्रतिवेदनमा बताइएको छ।रासस/सिन्ह्वा

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ असोज ४ बुधवार १०:१२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...