Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017

४६ लाख ५७ हजारभन्दा बढी सेयर सूचिकृत गरेको हाइड्रोको कारोबार आज खुल्यो

January 11, 2017

Bhotekoshi_Hydro_Layout

काठमाण्डौं । खानीखोला हाईड्रोपावरको  नेपाल स्टक एक्सचेञ्जमा बुधबारबाट सेयर कारोबार खुला भएको छ । कम्पनीको धितोपत्र नेप्सेमा के के एच सि सिम्बोलमा कारोबार हुनेछ ।

हाइड्रोपावरको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर गत साता मात्रै नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले खानीखोलाको सेयर कारोबार मूल्य न्युनतम ९९ रुपैंया ४६ पैसा र अधिकतम दुई सय ९८ रुपैयाँ ३९ पैसा तोकेको छ ।

कम्पनीले गत जेठमा ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारणसेयर जारी गरेको थियो । साधारण सेयर निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले ललितपुरको खानीखोलाबाट २ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ भने अर्को साढे चार मेगावाटको टुंगुन ठोस्ने खोला आयोजना निमाणाधिन छ ।

२७ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु