back
NMB ad

धादिङ–२ मा लोहनीबाट धेरै आशा गर्न सकिन्छ

Kumari bank ad
  • सञ्जय दुवाडी

खेमप्रसाद लोहनी एमालेका सालीन तथा इमान्दार नेताका रुपमा चिनिन्छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका उनी धादिङ जिल्लामा राम्ररी भिजेका नेता हुन् । २०३६ सालमा रेड गार्ड अर्गनाइजेसन, युथलीग, क्याम्पस कमिटी सदस्य हुँदै राजनीतिमा सक्रिय उनी २०४३ सालदेखि निरन्तर जिल्ला र केन्द्रय राजनीतिमा सक्रिय छन् । २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति सभापतिमा भारी बहुमतसाथ चुनिएका लोहनी जिल्ला कमिटि अध्यक्ष हुँदै हाल एमाले केन्द्रीय कमिटिका बैकल्पिक सदस्य तथा पार्टीका धादिङ तथा नुवाकोटका इन्चार्ज समेत हुन् । उनी अहिले धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका बाहालवाला राज्यमन्त्री तथा निवर्तमान सभासद् दिलमान पाखिनसँग प्रतिस्पर्धामा उत्रिएका छन् । लोहनी राजनीतिमा लामो समयदेखि सक्रिय भएपनि पहिलो पटक संसदीय चुनावी दौडमा छन् । तैपनि उनमा जित्ने विश्वास निकै देखिन्छ । उनी भन्छन्, पार्टी कमिटि र जिल्लामा दशकौं देखिको मेरो योगदानलाई मध्यनजर गरेर नै मलाई बाम गठबन्धनका तर्फबाट उमेदवार चयन गरिएको हो । यसमा म भन्दा अग्रज र पार्टीमा लामो योगदान भएका कमरेडहरुले बलियो साथ दिनुभएको छ, जसले मलाई थप प्रोत्साहित गरेको छ । तर, चुनावी प्रतिस्पर्धा उनको यो पहिलो भने होइन । २०५४ सालमै जिल्ला विकास समिति सभापतिमा भारी बहुमतका साथ विजयी भएका व्यक्ति हुन् ।

धादिङ–२ मा बाम गठबन्धनले कम्तिमा १५ हजार मतान्तरले विजयी हुने लक्ष्य राखेको छ । एक त धादिङ सदैव बामपन्थीहरुको प्रभाव क्षेत्र हो । इतिहास पल्टाउने हो भने २०४६ को परिवर्तनपश्चिात् धादिङका विभिन्न क्षेत्रबाट गरी नेपाली कांग्रेसका केवल २ जना उमेदवारले मात्र प्रत्यक्ष चुनाव जितेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा तीन वटै क्षेत्रमा माओवादी र दोस्रो संविधानसभा निर्वाचनमा तीन वटै क्षेत्र एमालेले जितेको हो । गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि एमाले एक्लैले नेपाली कांग्रेस र राप्रपा भन्दा कम्तिमा ८ हजार भन्दा बढी मत ल्याएका थिए । बाम गठबन्धनपश्चात् उनीहरुप्रति जन विश्वास र आकर्षण थप बढेको देखिन्छ ।
तर सबै बामपन्थीहरुले इमान्दारी साथ एमालेका उमेदवारलाई मत दिन्छन् भन्नेमा शंका गर्ने ठाउँ छ । तर, एमाले र माओवादीले मात्रै होइन, गैरबामपन्थीले धादिङमा एमालेका उमेदवार लोहनीलाई मतदान गर्ने दाबी गरेका छन् । लोहनी भन्छन्ः धेरैलाई लाग्न लाग्न सक्छ, यो चुनावी तालमेल मात्र हो, त्यसैले पक्षधरहरुले इमान्दारीसाथ मतदान नगर्न सक्छन् । तर, यो एकता चुनाव सम्मका लागि मात्रै होइन । यो त संपूर्ण बाम र अग्रगामी शक्तिहरुको एकताको सुरुवात हो । निर्वाचनलगत्तै पार्टी एकता, सरकार निर्माणका साथसाथै संविधान कार्यान्वयनका लागि प्रतिबद्ध रहने दिर्घकालीन अभियान हो । हुनत, संविधानमा यसअघि नै प्रष्ट लेखिएको छ कि अबको नेपाल समाजवादतर्फ उन्मुख हुनेछ । बाम गठबन्धन त्यही यात्राको सुरुवात बन्न सक्छ । माओवादी केन्द्रका समर्थकहरुलेमात्र होइन, नयाँ शक्तिमा रहेका बाम समर्थकले पनि लोहनीलाई साथ दिन सक्छन् ।

तर, उनका प्रतिस्पर्धी कमजोर भने छैनन् । नेपाली कांग्रेसबाट उमेदवार पाख्रिन वाहलवाला राज्यमन्त्री तथा भूतपूर्व गोर्खा सैनिक हुन् । आर्थिक दृष्टिले प्रभावशाली र सत्तासीन भएकाले उनलाई परास्त गर्न सजिलो छैन । तर, सत्ता र धनले मात्रै चुनाव जित्न सकिँदैन । यदि त्यसो हुदो हो त सत्तामा बसेर चुनाव गर्नेहरु कहिल्यै पराजित हुनुपर्थेन । साथैं, पैसाका बलमा मात्र चुनाव जितिने भए धनीहरु कहिल्यै हार्थेनन् । पाख्रिन २०६४ को संविधानसभा चुनावमा पराजित भएका व्यक्ति हुन् । धादिङ–२ का लोहनी भने नयाँ अनुहार हुन् । जनताले कसैको धन या शक्तिलाई चुन्ने होइन् । उहीहरुले चुनिने व्यक्तिले आफ्नो जीवनस्तर उकास्न के–कस्ता योजना ल्याउँछन् र त्यसलाई लागू गर्दछन् र गर्नसक्छन्, त्यो पक्ष पनि उत्तिकै विचार गरिरहेका हुन्छन् । पाख्रिन जुन बेला बेयालती सेनामा जागीर खाएर विदेशीको सेवा गर्दै थिए, त्यसबेला लोहनी गरिव, किसान, मजदुर र आम जनताका भलाईका निम्ति प्रहरीका लाठि र राज्य आतंक प्रभाह नगरी लडिरहेका थिए । धादिंङबासी धेरैलाई यो यथार्थ थाहा छ । चुनाव जित्न राजनीतिक इमान्दारीता, जनताप्रति सेवाभाव र विकासका लक्ष्यका साथै जनविश्वास आवश्यक पर्दछ । स्थानीय राजनीतिमा दशकौं भिजेका लोहनीमा त्यो ज्यादा देखिन्छ ।
निर्वाचित भएमा के के गर्ने भन्ने लोहनीका आफ्नै कार्यसुची छन् । उनी भन्छन्ः अबको केन्द्रीय संसद मुख्यत नीति निर्माण गर्ने थलो भएकाले उनको प्रयास एमाले पार्टी र बाम गठबन्धनले घोषणापत्रमा उल्लेखित र मार्गनिर्देशित विषयहरुलाई ध्यानमा राखी केन्द्रीय नीतिनिर्माण तहमा संलग्न रहने हुनेछ । जसअन्तरगत, भुकम्पबाट विस्थापितको शीघ्र पुनस्थापना, आवस निर्माण, जिल्लातहमा बढी भन्दा बढी रोजगारी सृजना गर्न कार्यक्रम तय गर्नु र त्यसको कार्यान्वयनका लागि निरन्तर लाग्ने उनी बताउँछन् ।
साथै, बुढी गण्डकी जलविद्युत परियोजनाबाट डुवानमा पर्ने प्रभावित स्थानीय बासीलाई सरकारले जुन क्षतिपूर्ती तय गरेको छ, त्यो अत्यन्तै न्यून छ । उनले यो विषयलाई धेरै पहिले देखि केन्द्रमा उठाउँदै आएका छन् । अहिले पनि धेरै स्थानीयलाई अर्को ठाउँमा गएर पुरानो अवस्थाको जीवन गुजार्न पनि हम्मे हुने उनले बताएका छन् । क्षतिपूतिको प्रस्तावित रकम कम्तिमा दोब्बर पार्नुपर्दछ र १२०० मेघावट क्षमताको उक्त परियोजना यथा समयमै सम्पन्न गरी स्थानीयवासीलाई बढीभन्दा बढी सेयर स्वामित्व हस्तान्तरण गर्न लागि पर्ने लोहनी बताउँछन् । अर्को पक्ष, उनले जिल्ला विकास समितिको सभापति हुँदा खेरी नै अधिकांश गाविस सदरमुकाम र वाडा कार्यालयहरुमा सडक सञ्जाल विस्तार गर्न भूमिका खेलेका थिए । तर, गाउँहरुमा बाह्रै महिना चल्ले पक्की सडक विस्तार भएको छैन । जनाताले विजयी गराए हरेक गाउँपालिकाका वडासम्म कालोपत्रे सडक र प्रत्येक घरमा पानीका धारा र विजुली जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला विकास समितिको सभापति हुँदा विकट पहाडी गाउँहरुमा झोलुंगे पुल निर्माण गरी तुइन विस्थापन गर्ने कार्य गरेकाले उनका प्रतिबद्धतामा विश्वास गर्न सकिन्छ । धादिङ कृषि र पर्यटनका हिसावले निकै संभावना भएको जिल्ला हो । यहाँ स्थानीय उद्यमशीलता अझ विस्तार गरी रोजगारी सृजन गर्नेछु । उनले उत्तरी धादिङका गाउँ गाउँमा कृषि उद्यम विकास गर्ने गुरुयोजना नै अघि ल्याएका छन् । राजधानीसँग जोडिएको जिल्लामा कृषि उत्पादनले बजार पाउन सहज र सरल पनि छ ।

तर, यी विकासका कामहरु सबै उनी एक्लैले गर्न सक्दैनन् । प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा गर्ने हो । केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने हिसावले उनले केन्द्रमा यी र यस्ता नीतिगत निर्णयमा भूमिका खेल्नेछन् । साथै, जिल्लामा बजेट विनियोजन गर्न, त्यसको प्रभावकारी र शीभ्र निकास तथा कार्यान्वयनका लागि केन्द्रबाट पहल हुनेछ । स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा यस्ता योजना र नीति कार्यान्वयनमा उनको भूमिका उल्लेखनीय हुनेछ । देशमा राजनीतिक आन्दोलन अथवा अधिकार प्राप्तिको आन्दोलन लगभग समाप्त भैसकेको छ । अब देशलाई आर्थिक रुपमान्तरणको नयाँ बाटोमा लैजान जरुरी छ । नयाँ भिजनका साथ देश विकासको स्पष्ट खाका कोर्न सक्ने नयाँ नेतृत्वको खाँचो छ । उनी भन्छन्ः यस्तो महत्वपूर्ण जिम्मेवारी पूरानै धार वा कथित प्रजातान्त्रिक धारबाट संभव देखिँदैन । प्रतिनिधिसभा निर्वाचन धादिङ क्षेत्र नं. २ को हकमा पनि यही हो । यस क्षेत्रले पटक–पटक मन्त्री पनि पायो तर यहाँको धेरै समस्या जहाँका त्यहीँ छन् । आगामी चुनाव एउटा अवसर हो, नयाँलाई जिताई देश विकासमा योगदान पु¥याउने । उनी भन्छन् मलाई विश्वास गर्नुस्, परिवर्तनका निम्ति तपाईका एक मत काफी छ ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार १२:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...