back
NMB ad

श्रेष्ठको अध्यक्षतामा खिचापोखरी न्यूरोड व्यापार संघ

Kumari bank ad

काठमाडौ । खिचापोखरी न्युरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले नयाँ नेतृत्व चयन गरेको छ ।  साधारण सभाले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीयनयाँ कार्य समिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा गोपाल महर्जन,प्रथम उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, द्धितीय उपाध्यक्षमा गणेशकुमार न्यौपाने , महासचिवमा भरतप्रसाद बडाल, सचिवमा कृष्णप्रसाद ढुङ्गाना र कोषध्यक्षमा खिलाबहादुर रोक्का चयन भएका छन् । संघले थप छ जना सदस्य मनोनयन गरी दुई वर्षका लागि २३ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

साधारण सभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन नसके मुलुक अगाडि बढ्न नसक्ने बताए । श्रेण्ठले भने, ‘निजी क्षेत्रबाट तिरेको करले मुलुक चलेको छ । त्यसैले मुलुकले निजी क्षेत्रलाई बेवास्ता गर्न मिल्दैन ।’अध्यक्ष श्रेष्ठले व्यापारीप्रति सरकारको विश्वास नहुँदा व्यापार क्षेत्रमा समस्या हुने गरेको गुनासो समेत गरे ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक धनिराम शर्माले कर नीतिको माध्यामबाट लगानी सुरक्षित गर्न व्यापारीलाई आग्रह गरे । समयसापेक्ष रुपमा प्रविधिअनुसार कर प्रणाली चुस्त बनाइदै लगेको भन्दै उनले त्यसमा अभ्यस्त हुन पनि व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरे । प्रकृया अलि लामो हुने भएकाले करदाताले झमेलाका रुपमा कर तिर्न अल्छि गर्दा समस्या देखिने गरेको भन्दै यो परिपाटीबाट बाहिर निस्किन सबैलाई आह्वान गरे ।

संघका अध्यक्ष मनोजबाबु श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र शेरचन, लगायतले न्युरोड तथा खिचापोखरी क्षेत्रमा पार्किङको चरम समस्या रहेको भन्दै पार्किङ क्षेत्र बिस्तार गरिदिन सरकार तथा महानगरपालिका सँग आग्रह गरेका छन् । यसका लागि त्यस क्षेत्रका सबै व्यापारीहरुले सक्दो सहयोग गर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा व्यापार व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका तीन जना व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः २०७३ माघ १

वि.सं.२०७३ माघ १ शनिवार ०९:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...