back
NMB ad

दिल्लीमा पृथ्वीनारायण शाहको सालिक राखिने !

Kumari bank ad

काठमाण्डौं । नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावास अगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने घोषणा गरेका छन् ।

भारतीय जनता पार्टीका सांसद तथा पत्रकार तरुण विजयले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायकसँगै ‘हिन्दु सम्राट’ रहेको र उनको यथेष्ट सम्मानस्वरूप दिल्लीमा प्रतिमा स्थापित हुनुपर्ने सुझावसहित आफूले त्यस्तो अभियान सुरु गर्ने घोषणा गरेका हुन् ।

बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको सहयोगमा काठमान्डु विश्वविद्यालय र भारतको माखनलाल चतुर्वेदी विश्वविद्यालयद्वारा राजधानीमा सोमबार संयुक्त रूपमा आयोजित नेपाल–भारत सम्बन्धबारे सेमिनारमा तरुण विजयले त्यस्तो घोषणा गरेका हुन् । पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भएको घोषणा गरेका थिए ।

उक्त अभियानबारे दिल्लीस्थित नेपाली राजदूत दीप उपाध्याय र नेपालका केही मन्त्रीसँग पनि छलफल गरेको उनले बताए । हिन्दुत्व समर्थक पाञ्चजन्यका सम्पादकसमेत रहिसकेका तरुण विजयले नेपालमा विक्रम संवत् र देवनागरी लिपिको चलनचल्ती रहेकोमा खुसीसमेत व्यक्त गरे ।

२२ चैत २०७३, अन्नपूर्ण पोष्ट, ७।००

वि.सं.२०७३ चैत २२ मंगलवार ०८:४६ मा प्रकाशित

You can share this post!

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...