back
NMB ad

किसानका मिर्गौलामा समस्या

Kumari bank ad

बुटवल । शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या देखिएको छ । खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाका माध्यमबाट बाहिरिने हुँदा पानीको मात्रा कम भएर मिर्गौलामा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालय र नेपाल किडनी फाउन्डेशन काठमाडौंको आयोजना तथा ब्रिज अफ लाइफ अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गौला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिका मिर्गौलामा समस्या देखिएको फाउन्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिए । खासगरी किसान केन्द्रित सो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उनले बताए । जनचेतनाको अभावमा अधिकाँश ५० वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिका मिर्गौलामा समस्या देखिएको छ । “ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गौला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानीव्यवहारमा सुधार नहुनु र अनावश्यक तनाव जस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको छ”, डा बस्नेतले भने ।

उच्च रक्तचाप र मधुमेहको समस्या भएका अधिकांश बिरामीको मिर्गौलामा संक्रमण देखिएको छ । मानिसले मिर्गौला स्वस्थ राख्न पानी तथा झोल पदार्थ बढी पिउने, खानपानमा ध्यान दिने र नियमित रक्तचाप, मधुमेह र मिर्गौलाको परीक्षण गराउनु जरुरी रहेको सुझाव दिइएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका– १३ र १४ को नयाँ गाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन शिविर सञ्चालन गरिएको थियो । उनले रुपन्देहीका तीन स्थानमा सञ्चालित शिविरबाट झण्डै एक हजार दुई सय जनाले निःशुल्क सेवा प्राप्त गरेको र सोक्रममा बिरामीलाई रोगअनुसारको निःशुल्क औषधि वितरण गरिएको थियो । सर्वसाधारणलाई मिर्गौलाको निःशुल्क परीक्षणसंँगै मिर्गौला स्वस्थ राख्न जनचेतना जगाउने उद्देश्यले फाउन्डेशनले देशका ग्रामीण क्षेत्रमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिए । रासस

प्रकाशित मितिः २०७४ कार्तिक २९

वि.सं.२०७४ कात्तिक २९ बुधवार १५:०४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...