back
NMB ad

६१% बोनस बाँडेको माइक्रोफाइनान्सको लाखौंको सेयर आउँदै,असोज ४ को मिति ख्याल गर्नुहोस् !

Kumari bank ad

काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि २४ दशमलव २२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कात्तिक ७ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा भदौ १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताले कम्पनीको हकप्रदको लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सम्पूर्ण शाखा कार्यालय साथै सिभिल बैंक लिमिटेडको विराटनगर, वीरगञ्ज, नारायाणगढ, पोखरा, बुटवल, र नेपालगञ्जका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ६१ प्रतिशत बोनस वितरण गरेको कम्पनीको बोनसपछि तीन करोड २२ लाख रुपैंया चुक्तापूँजी पुगेको छ । बोनसपश्चात कायम पूँजीमा उक्त अनुपातको हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्तापूँजी चार करोड रुपैंया पुग्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ २५

वि.सं.२०७४ भदौ २५ आइतवार ०६:१४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...