back
NMB ad

ठमेल लागुऔषधको अखडा ! ६ करोड वरावरको लागूऔषधसहित पाँचजनालाई पक्राउ

Kumari bank ad

काठमाडौँ  । लागु औषध नियन्त्रण व्युरोले ६ करोड वरावरको लागूऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा लागूऔषध कोकिनसहित दुई विदेशी युवती र मेथाफेटामाइनको कारोवारमा संलग्न भएको भन्दै गिरोहलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो  ।प्रहरीले ५४ किलोग्राम मेथाफेटामाइन अस्ट्रेलिया पठाएको अभियोगमा तीनजनालाई ठमेलबाट पक्राउ गरि सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय गिरोहका प्रोफाइलिङ गरी निगरानी गरिरहेको व्युरोले क्षेत्रपाटीवाट उनीहरुलाई एकैसाथ नियन्त्रणमा लिएको हो । अति महँगो मानिने लागूऔषध कोकिनसहित सोमवार व्युरोले ३७ वर्षीय अफ्रिकी नागरिक पथोनी सेन र नागाल्याण्ड भारतका ४१ वर्षीय मर्सीलाई २ दशमलव ७ सय २२ ग्राम  कोकिनसहित पक्राउ गरेको हो । तिनीहरुले ट्रेसिमी स्याम्पोको वोतलमा कोकिन लुकाइराखेको प्रहरीको भनाई छ । तिनीहरु दक्षिण अफ्रिाकाको राजधानी जोहन्सवर्गवाट दुवई हुदै व्राजिल पुगेर पुनः दुवई हुदै फ्लाई दुवईको विमानमा चैत १४ गते नेपाल आइपुगेको देखिएको छ । अभियुक्त युवतीहरु भारत, फिलिपिन्स हुदै युरोपियन मुलुकहरुमा कोकिनको तस्करीमा संलग्न हुदै आएको अनुसन्धानवाट खुलेको व्युरोले जनाएको छ ।

त्यस्तै,  ५४ केजी अवैध मेथाफेटामाइन अष्ट्रेलिया पठाउने कार्यमा संलग्न भएको अभियोगमा तीन जना युवालाई पनि व्युरोले नियन्त्रणमा लिएको छ । व्युरोले सिन्धुपाल्चोक वतासेका मनिष श्रेष्ठ, धादिङका विक्रम लामिछाने र नुवाकोटका होमवहादुर तामाङलाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत जनवरीमा चीनको गोन्जाउवाट समुद्री मार्ग हुदै घर सजावटका सामान भनेर अष्ट्रेलिया पुगेका मेथाफेटामाइनसहित अष्ट्रेलियन नागरिक रेमण्ड जोन मार्सडेन र भुपेन्द्र तामाङ पक्राउ परेसँगै प्रहरीले अनुसन्धान गरिरहेको थियो । अभियुक्त होमहादुर तामाङले प्रतिव्यक्ति डेढ लाख रुपैया दिएर ओसारपोसारमा संलग्न गराएको अनुसन्धानवाट खुलेको छ ।

लागुऔषध कोकिनको ओसारपसारमा दक्षिण अफ्रिका, नाईजेरिया, ब्राजिल, भारत, फिलिपिन्स, इटाली, दुवई, नेदरल्याण्ड्सलगायत मुलुकहरुमा गिरोह सक्रिय रहेको र नेपाललाई ट्रान्जिट पोइन्टका रुपमा प्रयोग गरिरहेको खुल्न आएको छ । व्युरोले यसैलाई मध्यनजर गरी क्रियाशिल समूहको प्रोफाइलिङ र विेशेष निगरानी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

१६ चैत २०७२ / १०:०५

वि.सं.२०७२ चैत १६ मंगलवार १०:०८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...