Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, वैशाख १५ , २०७४  |  
Friday, April 28, 2017

झापा पुगेर ओलीले भने संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैन

January 10, 2017

Kp oli

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताउँदै संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो मुलुकलाई निर्वाचनमा लैजान आवश्यक रहेकोमा जोड दिएका छन् ।

झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए । “मुलुकलाई अखण्ड राख्न एमाले सधैँ प्रतिबद्ध भएर लाग्ने छ” उनले भने ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।

करिब रु आठ करोडको लागतमा बन्ने एघार किमीे लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ ।

प्रकाशित मितिः २०७३ पुस २६

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु