back
NMB ad

मुलुक टुक्र्याउनुपर्छ भन्नेका एजेण्डा पूरा हुन दिन्नौं : ओली

Kumari bank ad

ललितपुर । मुलुक विभाजन गरेर बहुराष्ट्रियताको कुरा गर्ने र अंगीकृतलाई मुलुकको सर्वोच्च पदमा लैजानैपर्छ भन्ने काँग्रेस माओवादी घिडघिडो पूरा हुन नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विहिबार नेकपा एमाले जिल्ला कमिटि ललितपुरद्वारा आयोजित पार्टी प्रवेश तथा समसामयिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

काँग्रेस माओवादी र राप्रपाबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले बाटो विराएर, अरु पार्टीबाट पनि परिवर्तन सम्भव हुनसक्छ कि भनेर अल्मलिएकाहरु अब एमालेमा ध्रुवीकरण हुने निश्चित भएको बताए । एमाले बाहेक अहिले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरण सम्भव नभएको पनि अध्यक्ष ओलीले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बर्तमान प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कुनै अर्थ नभएको पनि बताए । सरकारको साझेदार रहँदै गर्दा देखि नेकपा माओवादी केन्द्रको रवैया ठिक नभएको पनि बताए । नेपाल टुक्र्याउनुपर्छ, विदेशबाट आउने वित्तिकै सरकारका उच्च ओहोदामा पुग्नुपर्छ, नेपालको झण्डा फेर्नुपर्छ भन्ने नाजायज माग एमालेलाई कहिल्यै मान्य नहुने पनि दावी गरेका छन् । नाजायज मागलाई संविधान संसोधन गरी माग पूरा गराउने प्रचण्ड हठ कुनै हालतमा पूरा हुन नदिइने पनि ओलीले चेतावनी दिए । एमालेको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेसले इतिहासकै ठूलो महाभुल गरेको पनि ओलीले बताए । त्योबेला सुरु गरेका अभियानहरुलाई निरन्तरता दिन सके मात्र नेपालको समृद्धिको बाटोमा हिँड्ने लक्ष्य पूरा हुने बताए ।

नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि चन्दनपुरका उत्तमकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका चन्दनपुर गाउँ कमिटिका पूर्व इन्चार्ज बेदनाथ घिमिरे, राप्रपाका कालेश्वर गाउँ कमिटि अध्यक्ष सुवास तिमल्सिना र सचिव विदुर लामीछाने, नेपाली सेनाकापूर्व कर्णेल केदारनाथ दुलाल सहित विभिन्न पार्टी परित्याग गरी ५० जनाभन्दा बढीले एमाले प्रवेश गरेका छन् । पत्रकारिता, कलाकारिता लगायतका स्वतन्त्र पेशाकर्मी समेत एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटिको प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताए ।

३० भदौ २०७३

वि.सं.२०७३ भदौ ३० बिहीवार १७:५२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...