back
NMB ad

केपी ओलीले भने ‘म पर्यटनको साथमा छु’

Kumari bank ad

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने कुनै पनि कार्यक्रममा दर्शकको चासो हुने गर्छ ओलीको उखान मिश्रित चोटिलो बोली । राष्ट्रियताले ओतप्रोत खरो भाषण र जीवन व्यवहारमा लागु हुने कयौं टुक्का ओलीका विशेषता हुन् । त्यसैले ओली वक्ता भएको कार्यक्रममा समर्थक मात्र हैन विरोधी पनि उपस्थित हुने गर्छन उनका भाषण सुन्न ।
बुधबार ठमेलस्थित होटेल मल्लमा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनद्वारा आयोजित उपत्यका विशेष भेलाका प्रमुख अतिथि थिए ओली । दशौं पटक विना अस्किजन सगरमाथा आरोहण गर्ने (हिउँचितुवा) आङरिता शेर्पा र पहिलो सगरमाथा आरोही सर एडमन हिलारी र तेन्जिङ नोर्गे शेर्पाका सहयोगी बनेर सगरमाथा आरोहीको सहयोगी बनेका आङफुर्वा (कान्छा) शेर्पालाई सम्मान गर्दै करिव ३० जना प्रबुद्ध पर्यटन व्यवसायीलाई पार्टीमा आवद्ध गराउँदै राष्ट्रिय पर्यटनको सदस्यता प्रदान गर्न पुगेका ओलीले हलमा खचाखच पर्यटन व्यवसायीलाई सम्बोधन गरे ।
एमालेले चर्को रुपमा उठाएको एजेण्डा स्थानीय निर्वाचन अघिल्लो दिन मात्र सरकारले घोषणा गरेको थियो । त्यसैले पनि ओलीले नयाँ कुरा पक्कै पनि बोल्छन भनेर पुरै ध्यान ओली तर्फ लगाएर भाषण सुनिरहेका दर्शकको खुल्दुली कायमै राखेर ओलीले मन्तव्य टुङ्याए ।
मञ्चमा उभिएर बोल्न शुरु गर्दा दर्शक दिर्घामा सबैलाई नजर लगएर मुस्कुराउने ओली बुधबार भने अलि मख्ख परेका थिए । पक्कै केही नयाँ कुरो आउने भयो भनेर दर्शक, पत्रकार कान ठाडो पार्दै थिए ।
ओलीले भाषण शुरु गरे । “म यात्राका क्रममा असाध्यै आनन्दित हुन्छु भने त्यो हो मेरो देशको हिमाल देख्दा । यात्राका क्रममा सकेसम्म म हिमाल भएको सिट तर्फ बस्न रुचाउँछु । प्लेन चढ्दा मेरो एउटै मात्र कामना हुन्छ बादलले हिमाल नछेकोस ।” …
… हाम्रा हिमतालहरु, नदीहरु, खोलाहरु झरनाहरु, बनस्पती, जडिबुटी, जंगल, ताल तलैया, भूबनोट, र्याफ्टिङ लगायत थुप्रै चिजहरु छन् । जीवजन्तुका हिसाबले एकसिङ्गे गैंडा यहीँ मात्र पाइन्छ । यो हेर्न संसार भरका मान्छे नेपालमै आउनु पर्छ चितवन नै जानु पर्छ । अव बर्दिया पनि गए हुन्छ । …
प्राकृतिक हिसावले यतिधेरै धनी छौं । यहाँ खोज अनुसन्धान आदिले समृद्ध छ । प्राकृतिक र साँस्कृतिक सम्पदाको संरक्षण मात्र गरिदिए पुग्छ । वातावरण पर्यटन मैत्री बनइदिए पुग्छ ।
हाम्रा संभावनाहरु के छ देशमा, रोजगारी कसरी सृजना गर्न सकिन्छ र देशलाई कसरी समृद्ध बनाउन सकिन्छ आर्थिक रुपले । यो पर्यटनले गर्न सक्छ । पर्यटन क्षेत्र महत्वपुर्ण छ स्वरोजगार बृद्धि गर्न र आत्मनिर्भर बनाउन ।
पर्यटन व्यसायीको ध्यान खिच्दै उनी अघि बढे । हिजो मात्रै मुलुकमा स्थानीय निर्वाचन घोषणा भएको छ । मुलुकको ध्यान त्यता तर्फ छ । यद्यपी पर्यटन पनि संगसंगै निर्वाचनमा होमिनु पर्दछ । नेपालमा स्थानीय निर्वाचन कसरी हुन्छ त्यो हेर्न पर्यटकहरु नेपाल आउन चाहन्छन् । कोही पर्यवेक्षकको रुपमा पनि आउलान । कोही अध्ययन गर्न पनि आउलान । उनीहरुलाई नयाँ र रुचिको विषय हुन सक्छ । निर्वाचन पनि पर्यटनको एउटा प्रडक्ट हुन सक्छ ।
यति भन्दै केही दिन अघि मात्र काठमाडौंकै दहचोक लगायतको धार्मिक, साँस्कृति तथा पुरातात्विक महत्वका स्थानमा आफु गुपचुप घुमेको प्रसंग कोट्याएर आफ्ना मन्तव्य टुङ्याउँदै भने चुनाव घोषणा भएको छ, म अलि हतारमा छु । म पर्यटनको साथमा छु । म ऐक्यवद्धताका निम्ती मात्र आएको हुँ ।
११ फागुन २०७३

वि.सं.२०७३ फागुन ११ बुधवार १०:०८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...