back
NMB ad

दुई-चार वटा बम पड्कँदैमा चुनाव रोकिन्न : अध्यक्ष ओली

Kumari bank ad

उदयपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

गाईघाटस्थित थारुहट रंगशालामा आज संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “अहिले देशमा चुनाव भाँड्ने नाममा बम पड्किरहेको छ, त्यो बम पड्काउनेहरुले आफैँहरुले नभई कसैको इसारामा बम पड्काउने काम भइरहेकाले बम पड्कदैमा चुनाव रोकिन्न, तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई÷चारवटा बम पड्कदैमा रोकिन्न ।”

निर्दोष जनता तथा उम्मेदवारलाई लक्षित गरी बम नहान्न, तीन करोड नेपालीको चाहना र निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लाने कार्यसँग कसैले पनि खेलबाड नगर्न अध्यक्ष ओलीले चेतावनी दिए ।

अध्यक्ष ओलीले स्थिर सरकारमार्फत देशलाई राजनीतिक संक्रमणबाट मुक्त गर्ने उद्देश्यले एमाले र नेकपा (माओवादी केन्द्र)ले चुनावी एकता गरेको बताउँदै अब बन्ने वाम सरकारले मुलुकलाई सुशासन र स्थिरता दिने दाबी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विगतमा नेपाली काँग्रेसले पटकपटक बहुमतको सरकार सञ्चालन गरेपनि मुलुकलाई स्थिर राजनीति दिन नसकेको कारण अब देशमा वाम गठबन्धनको स्थिर सरकार आवश्यक रहेको जिकिर गरे ।

पूर्व–पश्चिम राजमार्ग छ लेन बनाउने, पूर्व–पश्चिम रेल्वे सञ्चालन गर्ने, उद्योगधन्दा सञ्चालन र युवा स्वरोजगारमार्फत वामपन्थी सरकारले मुलुकमा विकासको कायापलट गर्ने उनको दाबी थियो । अध्यक्ष ओलीले भने, “एकचोटी वाम गठबन्धनलाई जिताएर दुई वर्ष हेर्नुस्, विकास कसरी हुन्छ, हामीले गरेर देखाइदिन्छौँ ।” चुनावलगत्तै एमाले–माओवादी पार्टी एकता हुने उनको भनाइ थियो ।

सो चुनावीसभालाई वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ का उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेश सभाका उम्मेदवार रामबहादुर थापा, विमल कार्की, नारायण बुर्जालगायतले सम्बोधन गरेका थिए ।

यस्तै संयुक्त वाम गठबन्धनले मोरङको उर्लावारीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेसले लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाउँदै उनले अब देश विकासको जिम्मा वाम गठबन्धनको रहेको बताए । रासस

प्रकाशित मिति ः १६ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १६ शनिवार २१:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...