back
NMB ad

केपी ओलीका प्रश्नमा प्रचण्डको जवाफ यस्तो !

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।

ओलीः निर्वाचनको मिति घोषणा गर्ने कुरा मात्र आइरहेको छ । तर, घोषणा गर्नुहुन्न । सरकारले किन मिति घोषणामा ढिलाइ गरिरहेको हो ? पहिले तत्काल निर्वाचनको मिति घोषणा गर्नुहोस् । त्यसपछि संविधान कार्यान्वयनको दिशामा देश अगाडि बढ्छ । संविधान संशोधनमा नै तपाईंहरूको चिन्ता हो भने पहिले निर्वाचनको मिति घोषणा गर्नुहोस् अनि संशोधनमा छलफल अगाडि बढाउनुहोस् । निर्वाचनको मिति घोषणा गर्छौँ भनेर मात्र हुँदैन । हामीलाई विश्वास छैन । अहिले पनि फागुन पहिलो साता भन्नुभयो । कसरी विश्वास गर्ने ?

प्रधानमन्त्रीः निर्वाचनको मिति छिटो घोषणा गर्ने पक्षमा म छु । तपाईंहरूले निर्वाचनका सवालमा देखाइरहनुभएको चिन्ताप्रति म पनि सहमत छु । फागुनको पहिलो सातासम्म पनि मिति घोषणा गरिएन भने अप्ठ्यारा र जटिलताहरू आउँछन् । निर्वाचनको वातावरण बनाउन तपाईंहरू पनि सघाउनुस् । मधेसीलाई पनि सहमतिमा ल्याई निर्वाचनको वातावरण बनाऔँ । त्यसका लागि संसद्मा रहेको संविधान संशोधन विधेयकमा तपाईंहरूले पनि सघाउनुप¥यो । निर्वाचनका लागि वातावरण निर्माण गर्नु ठूलो कुरा हो ।

श्रेष्ठनिवासमा साढे दुई घन्टा छलफल गरे पनि दुवै पक्ष कुनै सहमतिमा भने पुगेनन् । छलफलमा दुवै पक्षले आ–आफ्ना अडान दोहोर्‍याएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो । आजको नयाँ पत्रिकाबाट

प्रकाशित मितिः २०७३ माघ २९

वि.सं.२०७३ माघ २९ शनिवार ०७:३८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...