back
NMB ad

कसैको स्वार्थ पूरा गर्न संविधान संशोधन हुँदैन– ओली

Kumari bank ad

बुटवल। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैको स्वार्थ पूरा गर्न संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

उनले नेकपा (एमाले)ले संविधानको कार्यान्वयनको नेतृत्व गर्नेसमेत बताए। उनले भने“कार्यान्वयनका क्रममा अप्ठेरो आएमात्र संविधान संशोधनको विषय उठ्न सक्छ, कार्यान्वयन नहुँदै जनताको भावनाविपरीत एमालेले स्वीकार गर्दैन ।”

नेकपा (एमाले) ५ नम्बर प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गर्दै अरु कसैको मागलाई जनताले स्वीकार नगर्ने बताए ।

अहिले मुलुकको कार्यभार संविधान कार्यान्वयन गरी निर्वाचन गर्नु रहेकाले अन्य कुरामा नअल्झिन ओलीले कार्यकर्तालाई आग्रह गरे । भारतमै समेत कतिपय प्रदेश तराई र पहाड मिलेर बनेको उदाहरण दिँदै अध्यक्ष ओलीले तर नेपालमा तराईलाई पहाडसँग मिसाउनै हुँदैन भन्ने माग अनुचित रहेको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनको विषयमा सिङ्गो पार्टी पङ्ति एकताबद्ध भएको उल्लेख गर्दै पहाड र मधेसलाई छुट्याउने गरी आउने कुनै पनि प्रस्ताव देशको हितमा नहुने बताए ।

पार्टीका महासचिव ईश्वर पोखरेलले २०७४ माघसम्म तीनै तहको निर्वाचन गराउने दिशामा सरकार नलागेर त्यसलाई अलमल्याउने र सत्ता टिकाउने दिशामा मात्र लागेको भन्दै देशलाई संवैधानिक जटिलतामा फस्न नदिन अब कार्यकर्ता पङ्क्तिबाट खबरदारी गर्नुपर्ने बेला आएको बताए ।

पार्टीका उपमहासचिव विष्णु पौडेलले ५ नम्बर प्रदेशलाई विभाजन गर्न खोजिए सडक आन्दोलनबाट त्यस्तो प्रयासलाई विफल पारिने चेतावनी दिए । उनले एमाले ५ नम्बर प्रदेश कमिटीले मङ्सिर महिनामा सम्पूर्ण कमिटीका बैठक, पुसमा प्रशिक्षण, माघमा घरदैलो र फागुनमा जनसभाको आयोजना गर्ने गरी योजना निर्माण गरेको जानकारी दिए ।

प्रकाशित मितिः २०७३ मंसिर ४

वि.सं.२०७३ मंसिर ४ शनिवार २०:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...