back
NMB ad

बजारमा आयो बैंकको २० लाख कित्ता सेयर, फागुन १२सम्म किन्न मिल्ने

Kumari bank ad

काठमाण्डौं । कृषि विकास बैंकले हकप्रदमा नबिकेको झण्डै २० लाख कित्ता साधारण सेयर आजबाट लिलामीमा राखेको छ । बैंकले लिलामीमा राखेको सेयरमा माघ २७ गतेदेखि फागुन १२ गतेसम्म आवेदन गर्न सकिन्छ ।

बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता लीलामी गर्ने भएको हो ।

लीलामीको सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले बोलकबोल आवेदन फारम विक्री प्रबन्धक एस क्यापिटल मार्फत प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलकबोल न्युनतम एक सय कित्ता र बढिमा १० हजार कित्तासम्म गर्न सकिने छ ।

त्यस्तै लगानीकर्ताले न्युनतम एक सय रुपैँया र त्यसभन्दा बढि रकमको अंकित मुल्य गरि बोलकबोल आवेदन गर्न सक्नेछन् । लिलामीको नतिजा विक्री प्रबन्धक एस क्यापिटलले फागुन १३ गते खोल्ने जनाएको छ ।

२७ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २७ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...