back
NMB ad

 कृषि विकास बैंकको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद लाभांश पारित !

Kumari bank ad

काठमाडौ। कृषि विकास बैंकले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सभाले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।

जस अनुसार बैंकले २०७३ साल असार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार शेयरलाई वार्षिक ६ प्रतिशतले हुने ३८ करोड ६२ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । त्यस्तै, बैंकले हकप्रद साधारण शेयर बिक्री पश्चात कायम भएको साधारण शेयर चुक्ता पुँजी ५ अर्ब ९० करोड रुपैयाँमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको साधारण शेयर र अग्राधिकार शेयर गरी चुक्ता पुँजी ११ अर्ब ३३ करोड रुपैयाँ कायम रहेको छ ।

२० प्रतिशत बोनस पश्चात बैकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ हुने छ भने साधारण चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । २०७३ साल फागुन मसान्तसम्ममा बैंकको निक्षेप ८८ अर्ब २९ करोड रुपैयाँ र कर्जा २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १

वि.सं.२०७४ वैशाख १ शुक्रवार १२:५४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...