back
NMB ad

कृषि कार्यालयको भवन शिलान्यास

Kumari bank ad

भद्रपुर। प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाको भवनको आज यहाँ एक समारोहको बीच शिलान्यास गरे । रु दुई करोड १५ लाख ८९ हजार लागतमा निर्माण हुने सो भवनको निर्माण कार्य २०७५ साउन १० गते सम्पन्न हुने बताइएको छ ।

सो अवसरमा जिल्ला कृषि विकास कार्यालय, भद्रपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले नवनिर्माण हुने भवनले सरकारी कामकाजमा सहज हुने चर्चा गरे ।

यसैगरी, विश्व वातावरण दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीको निवास परिसरमा आयोजित वृक्षरोपण कार्यलाई प्रमुख जिल्ला अधिकारी खत्रीले वृक्षरोपण गरेर शुभारम्भ गरे ।

साथै, ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ प्रमुख नारा रहेको विश्व वातावरण दिवसको अवसरमा जिल्ला समन्वय समिति झापाद्वारा पनि सरसफाइ कार्यक्रम गरियो ।

चन्द्रगढीस्थित कभर्ड हलबाट सुरु भएको सरसफाइ कार्यक्रम सरकारी कार्यालयसम्म आएर सकिएको थियो ।

सो कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, कार्यालय प्रमुखहरु, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । रासस

प्रकाशित मितिः २०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार १६:३३ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...