back
NMB ad

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

Kumari bank ad

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भए ।

आठजना खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिस्पर्धामा उपेन्द्रराज सुवेदी, रामजी पौडेल, मेनुका श्रेष्ठ, भरतराज ओझा, सरोजराज अधिकारी, भीमबहादुर नेपाली काइला, शिवप्रसाद भण्डारी र धीरजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । दुई महिला सदस्यमा जानुका अधिकारी र राधा सापकोटा निर्वाचित भएका छन् ।

संस्थागततर्पm शैलेन्द्रमोहन भट्टराई र एशोसिएटतर्पm प्रशान्तराज धमला यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिमा निर्वाचित अध्यक्षले तीनजना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । संघका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचनमा कूल एक हजार १५७ मत खसेको थियो ।

प्रकाशित मितिः २०७४ असोज २९

वि.सं.२०७४ असोज २९ आइतवार १३:५८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...