back
NMB ad

कुलमान घिसिङ भन्छन्,तीन वर्षमा १२ सय मेगावाट बिजुली थपिन्छ !

Kumari bank ad

तीन वर्षभित्र कम्तिमा १२ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले बनाइरहेका जलविद्युत आयोजना पुरा भएर तीन वर्षमा १२ सय देखि १५ सय मेगावाट बिजुली थपिने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए।

नेपालीहरुको लगानीमा माथिल्लो तामाकोशी (४५६ मेगावाट) आयोजना निर्माणाधीन छ। डेढ वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य छ। ‘कुलेखानी तेस्रो, चमेलिया र त्रिशुली थ्री ए तीन वर्षभित्र बनिसक्छन्’, घिसिङले भने, ‘निजी क्षेत्रका आयोजनाबाट पनि प्रतिवर्ष डेढ सय मेगावाट बिजुली थपिन्छ।’ कुलेखानी तेस्रो १४, चमेलिया ३० र त्रिशुली थ्री ए ६० मेगावाटका आयोजना हुन्।

चिलिमे जलविद्युत् आयोजनाले अहिले मध्यभोटेकोसी, रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन निर्माण गरिरहेको छ। ती आयोजनाबाट २७० मेगावाट विद्युत् उत्पादन हुनेछ। ‘यी आयोजना पुरा हुनेमा हामी ढुक्क छौं,’ घिसिङले भने, ‘निजी क्षेत्रबाट अझ धेरै बिजुली आउन सक्छ।’ उनले तीन वर्षपछि बिजुलीको माग दुई हजार मेगावाटभन्दा बढी हुने पनि बताए।

प्राधिकरणले नियमित बिजुली दिनसक्यो भने त माग बढेर तीन हजार मेगावाटसम्म पुग्न सक्ने घिसिङले बताए। अहिले नेपालमा करिब १३ सय २५ मेगावाट बिजुली माग छ। त्यसमा करिब ५ सय ५० मेगावाट नेपालमा उत्पादन हुन्छ भने तीन सय ५० मेगावाटको हाराहारीमा भारतबाट आयात गरिएको छ।

प्रकाशित मितिः २०७३ माघ २६

वि.सं.२०७३ माघ २६ बुधवार ०८:४३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...