back
NMB ad

ठमेल पर्यटन परिषदमा अध्यक्ष टिकिरहने लोभले निटमा बिलय भएको नाटक गरियो !

Kumari bank ad

पर्यटनमा तत्कालै आफुमात्र फाईला लिउँ र लुटुँ भन्ने छ

अहिले जतिपनि देखिएका संघसंस्थाहरु सबै बिधी बिधानमा आफ्नो उद्देश्यअनुरुप चलेका छन् । कसैले तत्कालिनरुपमा आफुमात्र फाईदा लिउँ र लुटुँ भन्ने पनि छ । हामीले देशभर छरिएर रहेका पर्यटन व्यवसायीका समस्याको समाधान गर्ने गर्दछौं । काम गर्ने जाँगर भएकालाई समेटेर काँग्रेस निकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई सोहि अनुरुप अगाडि बढाईरहेका छौं । यो नेपाली काँग्रेसको शुभेच्छुक संगठन हो ।

सिडियोमा दर्ता भएको निट नेपाललार्ई काँग्रेस पार्टीको संस्था भन्न मिल्दैन

निट नेपाल जुन संस्था सिडियोमार्फत दर्ता भएर आएको छ । त्यसलाई काँग्रेस पार्टीको संस्था भन्न मिल्दैन । पार्टीले सोचेको कुरालाई लिएर काँग्रेसको संस्था खोल्ने पनि आफ्नै बिधान छ । हामीले सामाजिक संस्थाजस्तो सिडियोमा जाने अडिट गर्ने गर्नुपर्दैन । हामी पार्टीसँग सम्बन्धित हुन्छौं । हामी अहिले फुटेको पनि छैनौं, एक भएको पनि छैनौं । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ पार्टीका विभाग प्रमुख किशोरसिंह राठोरको सभापतित्वमा, तत्कालिन बरिष्ठ नेता र वर्तमान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा काँग्रेसको भातृसंगठनको रुपमा काम गर्न बनाएको संगठन हो ।

यो संस्था कुनै एनजिओ आईएनजिओ क्लबसँग मिल्न जाँदैन । कोहि साथीहरु यहाँ आएर काम गर्नुभयो होला । कोहि साथीहरु उता गएर काम गर्नु भयो होला । त्यो फरक कुरा रह्यो । तर यो संस्था बिलय भयो, अरुसँग मिल्यो भन्ने कुरा हुँदै होईन ।

हामी काँग्रेसको संस्था, उहाँहरु डेमोक्र्याट…

अहिले मिल्यो भनेर बजारमा जुन भनिएको छ , त्यो पदलोलुपता र पदको आशक्ति राख्ने मानिसहरुले नाटक मञ्चन गरेर मिल्यो, बिलय भयो भनेर खादा, माला लगाए र हात ठड्याएका होलान् । त्यो डेमोक्र्याट इतरको संस्था हो । डेमोक्र्याट इतरको संस्थामा काँग्रेस पनि हुन्छन्, एमाले पनि हुन्छन्, माओवादी पनि हुन्छन्, राप्रपा पनि हुन्छन् । यो हाम्रो लोकतान्त्रिक भनेको काँग्रेस इतरको संस्था हो । उहाँहरुको एक जीवित संस्थाले भेला, सम्मेलन, हात उठाउनु, पर्चाबाजी गर्नु सामान्य कुरा हो । तालिका अनुसार कार्यक्रम गरियो होला । त्यो नौलो कुरा होईन । यदि मलाई पनि निम्तो गरिएको भए म पनि त्यसको दर्शक, श्रोता हुन्थें होला ।

निट नेपाल इभेन्ट म्याजेजमेन्ट गरेर सबैलाई रक्सी जाँडमा डुबाउने संस्था…

अहिले एक/दुईजना व्यक्ति उता गयो भन्दैमा केहि फरक पर्दैन । मानिसको नेचरमा भर पर्छ । पदमा रहिरहने र पदबाट फाईदा लिने व्यक्तिहरु हट्न सक्छन् । हामी त देशभरीको पर्यटन व्यवसायीलाई संगठीत गर्ने, उहाँहरुको समस्याको समधान गर्ने, पर्यटनको प्रचार प्रसार र प्रबद्र्धन गर्दै यसको विकासमा अगाडि बढ्ने हो । तर निट नेपाल इभेन्ट म्यानेजमेन्ट गर्ने संगठन हो । एउटा टानको अध्यक्ष लड्नलाई २५ लाख उठाउने, महासचिव हुनलाई १५ लाख उठाउने गरेको छ । इभेन्ट म्यानेजमेन्ट गरेर पाँचतारे होटलमा पार्टी दिने सबै साथीहरुलाई रक्सी, जाँडमा डुबाउने त्यो खालको सामाजिक संस्था हो ।

तपाईलाई नबोलाएर नजानुभएको र यी सब कुरा गर्नुभएको हो कि, भन्ने हाम्रो प्रश्नमा ?

कसैले दुध भात खान्छ भने कसैले मासु भात खान्छ । मानिसको प्रकृति, स्वभाव फरक हुन्छ । अध्यक्षलाई त्यहि ठिक लाग्यो उहाँ जानुभयो, त्यहाँ फाईदा देखेर जानुभयो । हामी बिलाउन जाने थिएनौं । कार्यक्रममा बोलाएको भए प्रतिनिधि भएर सहभागी हुन सकिन्थ्यो ।

ठमेल पर्यटन विकास परिषद्मा २ कार्यकाल उहाँ अध्यक्ष भइसक्नुभयो । अधिबेसन नजिकै आईसक्यो । उहाँ आफैं बिधान संसोधन गरेर फेरी अर्काे कार्यकाल थप्दै हुनुहुन्छ । त्यसमा निट भन्ने संगठनले आफ्नो उम्मेदवारी दिनेछ । त्यो निटको उम्मेदवार आफैं बन्नका लागि पनि उहाँ गएको भन्ने बुझिन्छ । उहाँहरुलाई तत्कालिन क्षणमा आफु लाभको पदमा पुग्न यसरी मिलेको हुनसक्छ । हामीलाई पार्टीमा बसेर धेरै स्वार्थ लिनु छैन । काँग्रेसको मातहतमा बसेर काम गर्नुछ ।

३५ जनाको कार्यसमितिमा ३२ जना हामीसँग…

३५ जना कार्यसमितिमा उहाँहरु ३ जना जानुभएको छ, अरु ३२ जना हामी यहिँ छौं । जो छोडेर गए उहाँहरुलाई हामीले कारबाही गरेका छौं । वास्तवमा कुनै छलफल नभई उहाँहरु जानुभएको छ । निट नेपाल परिमार्जन भएर आउँछ र काँग्रेसको बिधी बिधानमा बसेर काम गर्छ भने एक बनाएर जान सकिन्छ भन्ने कुराकानी चाँहि भएको थियो । केहि छलफल नै नगरी मिल्नुपर्छ भन्ने नाममा जानेहरु गएका हुन् । उहाँहरु कारबाहीमा परिसक्नुभयो ।

पार्टी कुनैपनि एनजिओ सँग मिल्न जाँदैन

निट भन्ने संगठन सिडिओ कार्यालयमा दर्ता भएको सामाजिक संस्था अर्थात् एनजिओ हो । जसले डेमोक्र्याटको लागि काम गर्छ । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ स्वच्छ काँग्रेसको सुभेच्छुक संगठन हो । आएको ठाउँ पनि फरक छ, उदेश्य पनि फरक छ । मिल्ने ठाउँ त छँदै छैन । हामी नेपाली काँग्रेसको विभाग अन्तर्गत आएर बनेको संगठन हो । यसले काँग्रेसको एजेण्डा बोकेर पर्यटनका काम गर्छ, उहाँहरु एक सामाजिक मुद्धाहरु बोकेर काम गर्नुहुन्छ ।
हामी मातृपार्टीबाट निर्देशित हुन्छौं । त्यसको बिधिबिधानबाट बाहिर जान सक्दैनौं । पर्यटन व्यवसायीका समस्या के–के छन् ? र कसरी अगाडि बढ्न सकिन्छ ? भनेर जिल्ला दौडाहमा छौं ।

RB adhikari kumarनिट नेपाल इभेन्ट म्यानेजमेन्ट गर्ने संगठन हो । एउटा टानको अध्यक्ष लड्नलाई २५ लाख उठाउने, महासचिव हुनलाई १५ लाख उठाउने गरेको छ । इभेन्ट म्यानेजमेन्ट गरेर पाँचतारे होटलमा पार्टी दिने सबै साथीहरुलाई रक्सी, जाँडमा डुबाउने त्यो खालको सामाजिक संस्था हो ।

नियम प्रक्रियाअन्तर्गत पार्टीको मान्यता पाउनेक्रममा…

हामीले पार्टीको मान्यता पाउनेक्रम जारी छ । हामी नेपाली काँग्रेसको पर्यटन विभागमार्फत २०७२ मंसिर १९ गते जन्मियौं । ९ महिना अगाडि मात्र जन्म भएकाले यसले नियम प्रक्रिया पुरा गरेर मान्यता पाउँछ । अहिले हामी संगठन विस्तारमा छौं ।

म फेरी भन्छु उहाँहरु जिल्ला प्रशासनमा सामाजिक काम गछौं भनेर आउनुभएको हो । निट नेपाललाई काँग्रेसले आधिकारिक संस्थाको रुपमा मान्यता दिएको छैन । सामाजिक संस्थालाई काँग्रेसले मान्यता दिने ठाउँ नै छैन ।

हामीहरु काँग्रेसको मुलबाट जन्मियौं उहाँहरु सिडियो कार्यालयको मुलबाट…

हाम्रो मुल नै फरक छ । हामीहरु काँग्रेसको मुलबाट जन्मेका छौं । उहाँहरु जिल्ला प्रशासन कार्यालयको मुलबाट जन्मिनुभएको छ । बाटो नै फरक छ । उदेश्य नै फरक छ । काँग्रेसलाई परेका बेला काँध थाप्छु भनेर सिडियो कार्यालयमा देखाउन मिल्दैन होला नि ! देशको कानुनको परिभाषामा सिडियोमा दर्ता भएको संस्थालाई के भन्नुहुन्छ ? यो सामाजिक संस्था हो ।

पर्यटनमा आफुलाई काँग्रेस भन्ने हो भने हाम्रोमा आएर सदस्यता लिनुस् !

उहाँहरुले आफुलाई काँग्रेसकै पर्यटन व्यवसायी भन्ने हो भने हाम्रो सदस्य बन्न सक्नुहुन्छ । काँग्रेस भन्ने हो भने संस्थागत सदस्य, काँग्रेसको बिधि बिधानमा रहेर आएर काम गर्नुपर्यो । नेपाली काँग्रेस लाईन्स क्लबसँग मिल्नै सक्दैन । मानिसहरुमा भ्रम फैलाईएको छ । आधिकारिकता खोज्ने हो भने उहाँहरु काँग्रेसी हुँदै होईन ।

ठमेलका गल्ली–गल्ली हिंड्ने मात्र पर्यटक होईनन्

पर्यटनले जिडीपीको करिब ४ प्रतिशत स्थान ओगट्छ । यसको योगदानअनुरुप सरकारले त्यहि खालको व्यवहार गर्नुपर्यो । काँग्रेसले पनि त्यहि खालको व्यवहार गर्नुपर्यो । ठमेलको गल्ली गल्ली हिंड्नेमात्र पर्यटक होईनन् नि ! सबैतिरका पर्यटन गतिबिधीलाई अगाडि बढाउने, प्रोत्साहन दिने लगायत विषयमा काँग्रेसले सम्बोधन गरोस् भन्ने चाहन्छौं । बिदेशी ठूला मिडीयामा विज्ञापन र प्रबद्र्धनका काम गरेर देशको प्रचारप्रसार गरोस् भन्ने चाहन्छौं ।
(कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ भदौ २९

वि.सं.२०७३ भदौ २९ बुधवार ०९:२८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...