काठमाण्डौं । कुमारी बैंकले आइतबारदेखि हकप्रद निस्कासन गरेको छ । बैंकले साबिक दुई सेयर हुनेलाई एकको अनुपातमा हकप्रद निस्कासन गरेको हो।
बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद निस्कासन गरेको छ। कुमारीको हकप्रद चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आबेदन दिन सकिने बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले जनाएको छ।
बैंकको हाल पूँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
६ चैत २०७३, ११।००
वि.सं.२०७३ चैत ६ आइतवार ११:१३ मा प्रकाशित