काठमाण्डौं । कुमारी बैंकले २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
बैंकले गत आर्थिक वर्षमा ७४ करोड रूपैँया खुद मुनाफा कमाएको जनाएको छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३६ करोड रूपैँया पुग्नेछ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६९ करोड ९१ लाख ७७ हजार ५३२ रहेको छ । कम्पनीको हाल नेटवर्थ १३७।४३ रहेको छ भने प्रति सेयर आम्दानी १९।४३ पैसा रहेको छ ।
२० पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २० बुधवार १२:०३ मा प्रकाशित