काठमाडौ । कुमारी बैैंकले ३ वटा विकास बैंक र १ वटा फाइनान्स कम्पनी एक्विजिसनपछि १ करोड ३५ लाख ३९ हजार २१०.५८ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । बैंकले स्वाप रेसियोको आधारमा कायम भएको काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्सको सेयर आफ्नो नाममा सूचीकृत गराएको हो ।
कुमारीले ४ कम्पनीलाई एक्वायर गरेर असार १६ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेको छ ।
प्रकाशित मितिः२०७४ भदौ २१
वि.सं.२०७४ भदौ २१ बुधवार १३:४४ मा प्रकाशित