Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

लाखौ परदेशीहरूलाई रूवाउने गीत “लैदे खबर चरी” बजारमा

November 14, 2017

laide khabar chari

काठमाडौ । प्रदेशी र घरदेशी को कथामा आधारित हृदय बिदारक कारूणिक मर्म स्पर्शी गीत लैदे खबर चरी चर्चित गायीका देबी घर्ती मगर र जीतन भाईको प्रस्तुतिमा बजारमा आएको छ । मौलिकतामा कलम चलाउन रमाउने उनै कुशल सर्जक तथा गायक खेम पुनको शब्द संगितमा तयार भएको उक्त गीतमा बहुचर्चित गायिका देबी घर्ती मगर र गायक जीतन भाइको आवाज रहेको छ ।

शब्द र संगीतको भावमा डुबेर गीतको मर्म नमर्ने गरी संगीतको संयोजन बिनोद बाजुरालीले गरेका छन् । छायांकार दुर्गा पौडेलले निर्देशन गरेको यो गीतमा चर्चित मोडेल द्वय रन्जिता गुरुंग र महेन्द्र गौतमको अभिनयले गीतलाई पुर्णता दिएको छ ।

आशिस म्यूजिक प्रा.लि मार्फत बजारमा आएको जुन गीत म्यूजिक नेपालको यूट्यूब च्यानल बाट प्रकाशन भएको छ । कोरियालाई आफ्नो कर्मभूमि बनाएर बसेका गायक जीतन भाइले यस अघी आधा दर्जन बढी गीत बजारमा पस्किसकेका छन् ।

प्रकाशित मितिः २०७४ कार्तिक २८

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु