काठमाडौ । ललितपुर फाइनाइन्सलाई धितोपत्र बोर्डले शतप्रतिशत हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । फाईनाइन्सले १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैँया बराबरको १८ लाख ७९ हजार ४५४ कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो ।
फाईनाइन्सको प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यका सेयर निष्काशनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको छ । हाल फाइनाइन्सको चुक्ता पूँजी १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैँया रहेको छ । हकप्रद जारी गरेपछि फाईनाईन्सको चुक्ता पूँजी ३७ करोड ५८ लाख ९० हजार आठ सय रुपैँया पुग्नेछ ।
प्रकाशित मितिः २०७४ बैशाख १२
वि.सं.२०७४ वैशाख १२ मंगलवार १४:४४ मा प्रकाशित