back
NMB ad

सूपथ मूल्यमा मोबाइल बिक्री योजनाले ललितपुर मलमा ग्राहकको भीड बढ्दो

Kumari bank ad

ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको छ । गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो ।

यो योजनामा ग्राहकहरुले अन्य मोबाइल बजार भन्दा सूपथ मूल्यमा विभिन्न ब्राण्डका मोबाइल किन्न पाएको हुँदा ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुको भीड दिनप्रति दिन वृद्धि हुँदै गएको छ । योजनामा सहभागी अधिकांश ग्राहकहरुले दशैंको अवसर पारेर मनपर्ने ब्राण्डका मोबाइलहरु खरिद गरिरहेका छन् । योजना लागू भएदेखि नै दैनिक सयौं ग्राहकहरुले सूपथ मूल्यमा फोनहरु खरिद गर्न पाउँदा उत्साहित भएका छन् ।

‘स्थापनादेखि नै मोबाइल खरिदकर्ताको पहिलो प्राथमिकतामा पर्न सफल भएको एक मात्र विश्वसनिय र भरपर्दो मोबाइल कम्प्लेक्स भएको हुँदा ग्राहकहरुले नयाँ योजनालाई निकै मनपराएका छन्,’ कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने । ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पो समापनको अवसर पारेर आफ्ना ग्राहकहरुलाई परल मूल्यमा नै मोबाइल बिक्री गर्ने योजना सार्वजनिक गरेको छ ।

यही कार्तिक १५ गतेसम्मका लागि कम्पनीले प्राप्त गर्ने नाफाको मूल्य घटाई सूपथ मूल्यमा मोबाइल बिक्री गर्ने योजना ल्याएको हो । यो योजना अवधिभर कम्प्लेक्सले अधिकतम मूल्य९एमआरपी०मा बिक्रेताले पाउने नाफाको मूल्य घटाएर नै ग्राहकहरुलाई फोन बिक्री गर्नेछ । यसले गर्दा ग्राहकहरुले निकै सस्तो मूल्यमा चाहेअनुसारको फोन किन्न सक्नेछन् ।

यस्तो प्रकारको योजना नेपालमा नै पहिलो पटक ललितपुर मोबाइल कम्प्लेक्स ले ल्याएको हो । योजनाअवधिभर ग्राहकहरुले कुनैपनि ब्राण्ड र मोडलका मोबाइल फोनहरु सूपथ मूल्यमा खरिद गर्न सकिनेछ । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा ह्वावे, जियोनी, सामसुंग, कलर्स, आईफोन, एचटिसी, नोकिया, वानप्लस, लाभा, डिटिसी, कलर्सलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

प्रकाशित मितिः २०७४ असो ३

वि.सं.२०७४ असोज ३ मंगलवार १६:१२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...