back
NMB ad

माघ १४ बाट ललितपुर मोबाइल एक्सपो हुँदैः ७० प्रतिशतसम्म छुट !

Kumari bank ad

ललितपुर । ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्न लागेको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि मोबाइल मेला आयोजना गर्न लागेको हो ।

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ ग्राहकहरुलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने गरि यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल महोत्सव आयोजना गर्न लागेको हो ।

नेपालको एक मात्र व्यवस्थित र सक्कली सामाग्री मात्र पाईने दाबी गरिएको ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । हरेक समय कम्प्लेक्सले ग्रे मार्केटलाई रोक्न र आधिकारिक ब्राण्डेड फोनहरु तथा एसेसरिजहरु मात्र खरिद गर्नको लागि ग्राहकहरुलाई अभिप्रेरित गर्दै आएको छ । यसले नेपाली बजारमा ग्रे मोबाइललाई रोक्न सहयोग गर्ने बताईएको छ ।

मोबाइल कम्प्लेक्समा न्यूनतम रु.१ हजारदेखि रु.१ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ मा जोप्पोको कलर एफ ५, ह्वावेको जिआर ५ २०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफ वान एस मोडलका स्मार्टफोनहरु विशेषरुपमा प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ ।

यसका साथै एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस पनि मोबाइल महोत्सवको आकर्षणको केन्द्रमा हुनेछन् ।

कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । “हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामीकहाँ नियमित आउने गर्दछन्,” उनले भने, “अब ग्राहकहरुले मोबाइल खरिद गर्दा गुणस्तर र आधिकारिक बिल भएको मोबाइल मात्र खरिद गर्नुपर्ने हुन्छ ।”

जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ मा हरेक ग्राहकहरुलाई ५ देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध गराईने छ भने माइक्रोसफ्ट स्मार्टफोनको हरेक मोबाइल खरिदमा अर्को मोबाइल फ्रि प्राप्त गर्न सकिनेछ । त्यसैगरी अन्य स्मार्टफोनहरुको खरिदमा पावर ब्यांक, सेल्फी स्टीक, ब्लूटूथ स्पीकर उपहारमा प्राप्त गर्न सक्नेछन् ।

मोबाइल मेलाको अवधिभर कम्प्लेक्सलमा करिब ३ लाख ग्राहकहरुले मेला अवलोकन गर्ने अनुमान गरिएको छ भने ५ करोड रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारिक सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, ओप्पो, जोप्पो, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

प्रकाशित मितिः २०७३ माघ ११

वि.सं.२०७३ माघ ११ मंगलवार १३:५४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...