back
NMB ad

ललितपुर उपमहानगरमा विद्युतिय नक्सा पास शुरु

Kumari bank ad

ललितपुर । उपमहानगरपालिकाले आफनो ९८ औ स्थापना दिवसको अवसर पारेर विद्युतिय नक्सा पास प्रणालीको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाले शनिवार विशेष कार्यक्रमको आयोजना गरि यसको शुभारम्भ गरेको हो ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेका अनुसार अव नगर क्षेत्र भित्र नक्सा पासका सबै काम विद्युतिय प्रणाली मार्फत सञ्चालन गरिने छ । नगरबासिलाई छिटो छरितो सेवा उपलब्ध गराउने उदेश्यका साथ यसको शुरुवात गरिएको अधिकृत पाण्डेले बताए ।

स्थापना दिवसको अवसर पारेर उपमहानगरपलिकाले हाम्रो ललितपुर नामक मोवाइल एप्स पनि सार्वजनिक गरेको छ । यो एप्सबाट नगरबासिले नगर क्षेत्रका सबै गतिविधिहरुका साथै फोहोर मैला उठाउने, नगर प्रहरीसँग समन्वय गरेर नगर क्षेत्र भित्र भएका घटनाहरुको बारेमा जानकारी गराउन सक्ने बताइएको छ । अधिकृत पाण्डेका अनुसार यो सबै कामका लागि युएनडिपिको प्राविधिक सहयोग लिइएको छ ।

उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर नगरपालिकाका दिर्घ सेवा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संसद सदस्य मदन वहादुर अमात्यले सम्मान गरेका थियो । महानागरको स्थापना दिवसको अवसर पारेर शनिवार विहान साइकल ¥यालीको समेत आयोजना गरिएको उपमहानगरापलिकाका प्रवक्ता रुद्र गौतमले जानकारी दिए ।
प्रवक्ता

३ पुस २०७३, १।००

वि.सं.२०७३ पुस ३ आइतवार १५:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...