back
NMB ad

कृषकलाई लप्सी प्रशोधन गर्ने आधुनिक उपकरण

Kumari bank ad

पर्वत । आधुनिक उपकरणकोे अभावमा जिल्लामा उत्पादित लप्सी खेर गइरहेका बेला पहिलोपटक पर्वतमा आधुनिक उपकरण भित्रिएको छ । नेपालमा मात्र पाइने र सबैभन्दा बढी पर्वत जिल्लामा उत्पादन हुने लप्सीको उचित रुपमा प्रशोधन हुन नसक्दा जिल्लाका अधिकांश स्थानमा उत्पादित लप्सी कुहिएर जाने गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको एक गाउँ एक उत्पादनमा समेत समेटिएको लप्सी पर्वतका ३५ वटा साबिकका गाविसमा सफल रुपमा उत्पादन हुँदै आएको छ । वार्षिक रुपमा १४ हजार मेट्रिक टन लप्सी उत्पादन भए पनि प्रशोधनको अभावमा कृषकले उचित मूल्य पाउन सकेका छैनन् भने अधिकांश लप्सी बोटबाटै झरेर खेर जाने गरेको छ ।

प्रशोधन मेसिन नहुँदा उत्पादित लप्सीको ६० प्रतिशत खेर जाने गरेको अवस्थालाई मध्यनजर गर्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तीनवटा आधुनिक उपकरण उपलब्ध गराएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बिगेन्द्रराज शर्माले सदरमुकाम कुश्माबजारमा आइतबार आयोजित एक कार्यक्रममा झाँक्रीसल्ला लप्सी तथा खाद्यान्न उद्योगका खडानन्द शर्मा, सामुदायिक खाद्य प्रशोधन केन्द्रका सञ्चालक थानेश्वर भुसाल र लप्सी विकास समूह खानीगाउँका सञ्चालक जीतबहादुर नेपालीलाई सो उपकरण हस्तान्तरण गरे ।

अहिले उक्त उपकरणको बजार मूल्य रु एक लाख ६० हजार छ । उक्त उपकरणमा लप्सीका दाना राखेपछि बोक्रा, बिया र गुदी छुट्टाछुट्टै निस्किने हुँदा उत्पादन गर्न चाहेको वस्तु सहज रुपमा उत्पादन गर्न सकिने पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए।

पर्वतमा अहिले पनि प्रशोधन उपकरणको अभावमा कृषकले लप्सीका दाना बिक्री गर्ने गरेका छन् भने केहीले परम्परागत रुपमा प्रशोधन गरेर जाम, अचार, क्यान्डी, माडा, धुलोलगायत सात प्रकारका खाद्यवस्तु उत्पादन गर्दै आएका छन् । रासस

प्रकाशित मितिः २०७४ असार १९

वि.सं.२०७४ असार १९ सोमवार १७:०४ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...