back
NMB ad

आकाशमा उडिरहेको विमानमा यौनक्रिया !

Kumari bank ad

एजेन्सी–भनिन्छ धेरै मान्छेलाई उचाइमा उडान गरिरहँदा यौन चाहना अझ बढ्छ। सार्वजनिक विमानमा निजी गतिविधिको छुट नहुँदा अधिकांशले आफ्ना चाहना पूरा गर्न सक्दैनन्। तर हालै एन्टलान्टादेखि लस भेगासको यात्रामा निस्किएको एक जोडीले भने आफ्नो रहर मर्न दिएन। साउथवेष्ट एयरलाइन्सको विमानमा बोर्ड हुँदैदेखि उनीहरुले चुम्बन सुरु गरेका थिए। आकाश उडिरहँदा उनीहरुले आफूलाई अझ सक्रिय बनाए।

लस भेगासस्थित म्याक क्यारन अन्तरार्ष्ट्रिय विमानस्थलका अनुसार विमान उडिरहँदा उनीहरुले आफूलाई नियन्त्रण गर्न सकेनन्। यौनक्रिडा गरे। विमानमा यात्रारत अन्य यात्रुलाई लाजमर्दो भएपछि छिमेकी यात्रुले फ्लाइट अन्टेन्ड्सलाई उजुरी गरेका थिए। विमान चालकले अनाउन्स गर्दै त्यस्तो क्रियाकलाप नगर्न आग्रह गरे पनि उनीहरुले त्यसलाई वास्ता गरेनन्। सबैप्रति आँखा चिम्लिए।

दुवैले स्वनियन्त्रण गुमाएको पाइयो। उनीहरु दुवै एकअर्कामा साँच्चै सामहित भए, विमानस्थल प्रवक्ता माइकल ओरमले भने। विमान शनिबार बिहान लस भेगासमा अवतरण भएपछि आकाशमा भएको घटनाबारे विमानस्थल प्रहरीमा उजुरी भएको थियो। साउथ वेष्टको फ्लाइट नम्बर ३२४६ का ती दुई युवा युवतीलाई प्रहरीले गेटमै भेट्यो। सामान्य सोधपुछ गर्‍यो र छोडिदियो। स्थानीय लस भेगास रिभ्यु जर्नलले भेगासका लागि यो घटना सामान्य भएको टिप्पणी गरेको छ।

साउथ वेष्ट एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै घटनाबारे माफी मागेको छ। ुसाउथवेष्ट यस किसिमको गतिविधि कदापी क्षमा गर्न सक्दैन। यो घटनाबाट अन्य यात्रुमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौुं, विज्ञप्तिमा भनिएको छ। अमेरिकामा मध्य आकाशमा उडिरहँदा यौनक्रिडा भएको घटना पहिलो पटक सार्वजनिक भएको मिडियाहरुले उल्लेख गरेका छन्। जुन महिनामा लिब्जाका लागि उडेको एउटा विमानका यात्रुले आफ्नी प्रेमिकासँग यौन कार्य गरेको भिडियो भाइरल भएको थियो।

प्रकाशित मितिः २०७४ भदौ ८

वि.सं.२०७४ भदौ ८ बिहीवार १४:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...