काठमाडौ । लक्ष्मी बैक लिमिटेडको १६ औं वार्षिक साधारण सभा आगामि असार १३ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा हुने भएको छ । उक्त अवसरमा बैंकले आ.व. २०७२/७३ को नाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस प्रस्ताव अगाडि लैजाँदैछ ।
बैंकको बोनस सेयर र साधारण सभामा भाग लिनका लागि असार १ अर्थात आजसम्ममा सेयर लिईसकेको हुनुपर्नेछ । साधारण सभा गर्न बैंकले असार २ गते अर्थात् भोलि बुक क्लोज गर्ने भएको छ । यस आधारमा, बैंकको बोनस असार १ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।
३ अर्ब १५ करोड चुक्तापुँजी रहेको बैंकले यसअघि १०० प्रतिशत हकप्रद निष्काशन गरिसकेको र १८.२९ प्रतिशत बोनस वितरणपछि चुक्तापुँजी ७ अर्ब ४७ करोड पुर्याउनेछ । बैंकले आ.व. २०७३/७४ को प्रथम चौमासिक अबधिमा ५६ करोड ९१ लाख रुपैंया खुद नाफा कमाएको छ ।
प्रकाशित मितिः २०७४ असार १
वि.सं.२०७४ असार १ बिहीवार ११:४४ मा प्रकाशित