back
NMB ad

अब लाइसेन्सको फारम बुझाउन रातभरि लाइन बस्न नपर्ने

Kumari bank ad

 काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ ।

बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय गरेको  छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना गर्न निर्देशन गरेको सचिवालयका कर्मचारी मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

निर्देशनलगत्तै यातायातमन्त्री लेखकले मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय थप गर्ने निर्णय गरेका हुन् ।  मन्त्री लेखकले छिटोमा दुई साता र ढिलोमा तीन साताभित्र थपिने कार्यालयहरू सञ्चालनमा आउने बताए ।

थप तीनवटा कार्यालय सञ्चालनमा आएपछि मोटरसाइकल र गाडीको लाइसेन्स नयाँ निकाल्ने, नवीकरण गर्ने गराउने र सवारी साधनको कर तिर्ने काम छुट्टाछुट्टै स्थान, काउन्टरबाट गरिने र त्यसो गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै काम व्यवस्थित र छिटो हुने उनको भनाइ छ ।

सवारीचालक अनुमति पत्रको फाराम बुझाउनसमेत सेवाग्राहीहरू रातभरि लाइन बस्नु परेको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा दुईवटा र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गरेर छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ भदौ ७

वि.सं.२०७३ भदौ ७ मंगलवार ०९:५७ मा प्रकाशित

You can share this post!

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...