back
NMB ad

के अब बीमा कम्पनीहरुको सेयरको बाढी आउला ?

Kumari bank ad

काठमाण्डौं । बीमा कम्पनीहरुको चुक्तापूँजी बढाउने बारेमा लामो समयदेखि  चर्चा चल्दै आएकोमा  बीमा समितिले बीमा कम्पनीहरुको नयाँ चुक्ता पूँजीको सिमा तोकेको छ ।  बीमा समितिले शुक्रबारबाटै लागु हुनेगरी नयाँ चुक्तापूँजी निर्धारण गरेको हो ।

समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी चार गुणाले बढाउने निर्णय गरेको हो । समितिले जीवन बीमा कम्पनीहरुको दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब चुक्तापूँजी तोकेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले मेरो लगानीलाई जानकारी दिए । उनका अनुसार बीमा कम्पनीहरुले तोकिएको पूँजी २०७५ आषाढ मसान्तसम्म पुर्याउनु पर्नेछ । समितिको यो निर्णय आजैबाट लागू गरिएको समेत चापागाईले जानकारी दिए ।

साथै उनले नयाँ बीमा ऐन समेत कानुन मन्त्रालयबाट अर्थमन्त्रालयमा पुग्ने क्रममा रहेको जानकारी दिए । बीमा कम्पनीहरुको चुक्तापूँजी निर्धारण गर्ने बिषय ऐनमा राख्ने बिषय नभएकाले ऐनबाट हटाइएको उनले बताए ।

समितिले अर्थमन्त्रालयमा पठाएको ऐनको मस्यौदामा जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी चार अर्ब रुपैयाँ तोकिएको थियो ।

यस अघिको बीमा ऐनअनुसार जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २५ करोड र निर्जीवन बीमा  कम्पनीहरूको चुक्ता पुँजी १० करोड तोकिएको थियो । तर, पछि समितिले जीवन बीमा कम्पनीलाई ५० करोड र निर्जीवन बीमा कम्पनीहरूलाई २५ करोड रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो ।

सरकारले केही समय अगाडि सरकारका तत्कालीन कार्ययोजना सार्वजनिक गदै संसदको आगामी अधिवेशनबाट बीमा ऐन पारित गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।


नयाँ विधेयकमा नयाँ कम्पनीलाई दर्ता गर्न दिने ब्यवस्था, नयाँ संबिधान र संघियता लागु भएपछि बीमा कम्पनीहरुको संचालन र नियन्त्रण लगायतका बिषयहरु समावेश गरिएका छन् । प्रस्तावित ऐनमा समय सापेक्ष सुधार, सुशासन कार्यक्षेत्र, पारदर्शी बनाउने प्रयास गरिएको तथा नयाँ ऐनले बीमाक्षेत्रको आमूल सुधार गर्ने दाबी बीमा समितिले गर्दै आएको छ ।

हाल बीमा कम्पनीहरुको दश करोड रुपैयाँदेखि दुई अर्ब १६ करोड रुपैयाँसम्म चुक्तापूँजी रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै दुई अर्ब १६ करोड रुपैयाँ तथा एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा कम दश करोड १२ लाख रुपैयाँँ रहेको छ ।

हाल नेपालमा ९ वटा जीवन बीमा र १७ वटा निर्जीवन बीमा कम्पनी सञ्चालित छन् ।

१८ चैत २०७३, मेरो लगानी, ३।००

वि.सं.२०७३ चैत १८ शुक्रवार १५:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...