काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २४.८ प्रतिशत वोनस सेयर दिने भएको छ। कम्पनीका अनुसार बुधबारको सञ्चालक समितिको बैठकले २४ दशमलव आठ प्रतिशत बोनस तथा एक दशमलव ३० प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको अहिले एक अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी छ। वोनस सेयर बितरणपछि पूँजी २५ करोडभन्दा बढी रुपैयाँले बढ्ने छ। बैंकले प्रस्ताव गरेको लाभांस आगामी १५औं बार्षक साधारणसभाले अनुमोदन गर्नु पर्छ।
१९ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन १९ बिहीवार ११:१० मा प्रकाशित