back
NMB ad

छानीछानी किन्नुहोस, विभिन्न कम्पनीको साढे एक लाख कित्ता सेयर लिलामीमा

Kumari bank ad

काठमाडौ । बिभिन्न २४ वटा कम्पनीको एक लाख ४७ हजार ४१२ कित्ता सेयर बुधबारदेखि लिलाम बढाबढमा विक्रीहुने भएको छ । सिद्धार्थ क्यापिटलले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको सेयर लिलामीमा राखेको हो । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ लगानी वृद्धि योजना १ परिपक्व भएपछि सेयर विक्री गर्न लागेको हो ।

इच्छुक लागनीकर्ताले पुस २६ गतेबाट लिन चाहेको सेयर संख्या र मूल्य खुलाई के कतिमा लिन चाहेको हो सो खुलाई ७ दिन भित्र (माघ २ गते) बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट प्राप्त गर्न सकिनेछ ।

बोलपत्र पेश गर्दा लिलामीमा आएको सबै सेयरको २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र माघ ३ गते विहान ७ः३० बजे सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा खोलिने जनाईएको छ ।

सिद्धार्थ म्युचलफण्ड अन्र्तगत सञ्चालित उक्त सामूहिक लगानी कोष योजना पुस ९ गते परिपक्क भइसकेकाले मंसिर १३ गते धितोपत्र बोर्डको निर्देशन अनुसार योजना खारेजीमा लैजान कोषको स्वामित्वमा रहेका सेयरहरु बिक्री गर्न लागिएको हो ।

यसरी लिलामीमा ल्याएको सेयरमध्ये सबैभन्दा बढी मेगाा बैंकको ७४ हजार ३७६ कित्ता रहेको छ भने सबैभन्दा कम माहुली सामुदायिक लघुवित्तको १४० कित्ता रहेको छ ।

२०७४ पुष २६ गते प्रकाशित

वि.सं.२०७४ पुस २६ बुधवार १७:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...