back
NMB ad

दृष्टिविहिन बालबालिकालाई थानकोट लायन्सको सहयोग

Kumari bank ad

धादिङ । हामी सेवा गर्छौं भन्ने संकल्प सहित विश्वभर संगठित लायन्स क्लवको एउटा शाखा लायन्स क्लव अफ थानकोटले स्थापनाको छोटो समयमै सामाजिक गतिविधिलाई तिब्रता दिएको छ ।

स्थापनाको दोस्रो वर्षमा धादिङ थाक्रे–३ महादेवबेसीमा सञ्चालित जनजागृती दृष्टिविहिन स्रोत विद्यालयमा अध्ययनरत बालबालिकालाई दैनिक उपभोग्य सामाग्री र लत्ता कपडा सहयोग गरेको छ । क्लवका पदाधिकारी सहित विभिन्न क्लवका लायन अभियान्ताहरुको उपस्थितीमा करिव ७० हजार रुपियाँ बराबरको सामाग्री शनिबार विद्यालयमा आयोजित समारोहमा हस्तान्तरण गरिएको सचिव श्रीहरि थापाले जानकारी दिए ।

Lions club of thankot 3

सिमित सरकारी अनुदान र विभिन्न दाताको सहयोगमा सञ्चालन गरिएको सो विद्यालयमा दृष्टिविहीन बालबालिकालाई औपचारिक शिक्षा र आवासको व्यवस्था गरिएको छ । आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने क्लवका अध्यक्ष करण थापाले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा क्लवका पदाधिकारी लगायत बालाजु लायन्स क्लवका पुर्व अध्यक्ष माणिश्री बज्राचार्य र विश्वराज भट्टराई लगायत लायन्स क्लव परोपकार, पिस आई दरवार मार्ग, विशाल बजारको तर्फबाट उपस्थिति रहेको थियो ।

Lions club of thankot 1

 

कार्यक्रममा स्रोत विद्यालयका प्रमुख बिमल थापाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा बालबालिकाको गुणस्तरीय शिक्षामा सहयोगको अपेक्षा गरे । बिद्यालयमा ३२ जना बालबालिका आवासीय रुपमा अध्ययन गर्दै आएका छन् |

 

Lions club of thankot 2

२९ जेठ २०७३

वि.सं.२०७३ जेठ ३० आइतवार १३:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...