काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । आजदेखि लागूहुने गरी विद्युत प्राधिकरणले प्रकाशन गरेको तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने छ ।
यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन आठ घण्टा लोडसेडिङ हुने छ ।
प्राधिकरणले ढल्केबरलगायत पूर्व तथा कोहलपुर लगायतका पश्चिम क्षेत्रका हकमा स्थानीयरुपमा लोडसेडिङ सूचना पछि प्रकाशित गरी लागू गरिने जनाएको छ । त्यस्तै औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि राती ११ बजेसम्मलोडसेडिङ हुने प्राधिकरणले उल्लेख गरेको छ ।
२७ साउन २०७३, ८।३०
वि.सं.२०७३ साउन २७ बिहीवार ०९:३३ मा प्रकाशित